मन्त्री देउबाले गरे केदारेश्वर माबिको भवन उद्घाटन

पाँजलो न्युज
१३ पुष २०८० ३:११
मन्त्री देउबाले गरे केदारेश्वर माबिको भवन उद्घाटन

डोटी– शिखर नगरपालिका वडा नं. १ कपल्लेकी स्थित केदारेश्वर माबिको नव निर्मित भवन सुदूरपश्चिम प्रदेश सरकारका भौत्तिक पूर्वाधार बिकास मन्त्री प्रकाश देउबाले उद्घाटन गरेका छन् ।

भव्य तामझामका साथ विद्यालयले आयोजना गरेको औपचारिक कार्यक्रमका बिच मन्त्री देउबाले बिहीबार उद्घाटन गरेका हुन् ।

६ कोठाको २ तले भवन शिखर नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार तथा संघिय सरकारको राष्ट्रपति शैक्षिक सुधारको संयुक्त लगानीबाट निर्माण गरिएको विद्यालयका लेखापाल सुरेश भट्टले जानकारी दिए ।

नगरपालिका प्रमुख सीताराम जोशी तथा वडाध्यक्ष खडक शाहीको कार्यकालमा समपूरक योजना अन्र्तगत तत्कालिन मुख्य मन्त्री त्रिलोचन भट्ट तथा प्रदेश सांसद टेक रैकाको पहलमा प्रदेश र नगरपालिकाको संयुक्त रकम रु ४७ लाख तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत संघिय सरकारबाट ३६ लाख गरी ८३ लाखको लागतमा सो भवन निर्माण भएको हो ।

विद्यार्थीले राखे मन्त्रीसामु माग

उद्घाटन गर्न आएका मन्त्रीसंग विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रयोगशाला, कम्प्यूटर, शैक्षिक सामाग्री तथा भौत्तिक संरचनाको माग राखेका थिए । बिद्यार्थीहरुले अंग्रेजी र नेपाली भाषामा निर्धक्कसंग मन्त्रीका अघि तीन तहका सरकारको महत्व, सम्बन्ध र भूमीकाबारे बताउँदै जनतासंग नङ्ग र मासुको सम्बन्ध बनाउन आग्रह गरेका थिए । जागिर खानका लागि नभइ जागिर दिनका लागि आफूहरु शिक्षा ग्रहण गरिरहेको बताउँदै विद्यार्थीहरुले आफूहरुलाई आवश्यक पर्ने स्रोतसाधन उपलव्ध गराइदिन माग राखेका थिए ।

समुहागाढ– मान्नाकापडी – विपीनगर सडकमा बजेट छ–मन्त्री देउबा

भवनको उद्घाटन गर्न आएका मन्त्री देउबाले दिपायल बोगटान ६ सडक र समुहागाढ मान्नाकापडी हुँदै बडीकेदार विपीनगरका लागि बजेट बिनियोजन गरेको र आवश्यक वजेटका लागि बहुबर्षिय ठेक्कामा परिणगत गरिने प्रतिबद्धता गरे ।

शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ३ वटै तहका सरकारको भूमीका रहेको बताउँदै प्रत्येक स्थानीय तहसंगको साझेदारीमा प्रदेशस्तरीय नमुना विद्यालय बनाउन नितीगत र संरचनागत विकास गरिने बताए । बढ्दो माग र आवश्यकता हेरेर सुदूरपश्चिम प्रदेश सरकारले प्राविधीक विश्वविद्यालय स्थापना सम्बन्धी विद्येक मस्यौदासम्बन्धी राय सुझाव तथा जग्गा प्राप्तीका लागि भाषा आयोगका पूर्व अध्यक्ष लवदेव अवस्थीको नेतृत्वमा समिति गठन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *