सुजङ्गले बनलेकमा निशुल्क स्वास्थ्य शिविर गर्ने

पाँजलो न्युज
११ पुष २०८० १२:४१
सुजङ्गले बनलेकमा निशुल्क स्वास्थ्य शिविर गर्ने

( डाेटी )-शिखर नगरपालिका वडा नं. १० बानेडुंग्रिसैन स्थित बनलेक स्वास्थ्य चाैकीमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएकाे छ ।
पुस १४ गते सुजङ्ग स्कुलकाे आर्थिक सहयाेग तथा सुजङ्ग अस्पतालकाे प्राविधिक सहयाेगमा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर संचालन गरिने सुजङ्ग स्कुलका निर्देशक नरेश बलायरले बताए ।
अस्पतालका वरिष्ठ सर्जन बिशेषज्ञ डा. सुभाष थापामगर, हाडजोर्नी तथा नशा राेग बिशेषज्ञ डा. बुद्विराज गुरूङ, जनरल फिजिसियन बिशेषज्ञ डा. राजमणी यादवकाे टाेली शिविरमा खटिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।
शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतलाई शिविरमा निशुल्क उपचार तथा औषधी वितरणहुने भएकाले सवैले समयमै आई लाभ उठाउन बलायरले आग्रह गरेका छन् ।
हाड नशा देखि महिलाहरूका याैन तथा प्रजनन सम्बन्धी राेग, ज्वराे, ग्याष्टिक, दम लगायतका बिरामीहरूले लाभ लिन सक्नेछन् ।
यश अघि पनि अस्पतालले हरि तालिका तिजकाे अवसरमा महिला दिदी बहिनिहरूका लागि निशुल्क पाठेघर सम्बन्धी  उपचार शिविर संचालन गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *