दिसिनपाले गर्याे ईडिसी र एक्सनएडलाई सम्मान

पाँजलो न्युज
११ पुष २०८० ६:०३
दिसिनपाले गर्याे ईडिसी र एक्सनएडलाई सम्मान

( डाेटी )- महिलाहरूकाे क्षेत्रमा उत्कृष्ट कार्य गरेकाे भन्दै द महिला नेटवर्क परियाेजनाकाे दातृ संस्था एक्सन एड नेपाल र सम विकास केन्द्र ईडिसीलाई बुधबार दिपायल सिलगढी न.पा. का नगरप्रमुख बाजि सिं खड्काले सम्मान गरेका छन् ।

डाेटीका ३ पालिकाका १० वडाहरूमा सन् २०१७ देखि सुरू द महिला नेटवर्क परियाेजनाकाे सिकाई आदानप्रदान कार्यक्रममा नगरप्रमुख खड्काले बुधबार सम्मान गरेका हुन् ।
दिपायल सिलगढी नगरपालिका, केआईसिंह गाउँपालिका र शिखर नगरपालिकामा साे परियाेजना लागू छ ।

परियाेेजना सुरू भएदेखि नै पालिकासंग निकटतम सम्बन्ध स्थापना गरेर महिलाहरूकाे सशक्तीकरण र आत्मनिर्भर बनाउन साे परियाेेजनाले ठुलाे सहयाेग गरेकाले परियाेेजना फेजआउट हुनेबेला सम्मान गरिएकाे नगरप्रमुख खड्काले बताए । समाजमा सकरात्मक परिणाम देखिन सुरू भएकाे र आगामी दिनमा थप सहकार्य मार्फत समाजमा उच्च काम गरिने आशाका साथ हृदयबाटै प्रशंसा र धन्यवाद दिएकाे बताए ।

नगर उप प्रमुख कलावती साउँदले महिला समूह गठन गरेर महिलाहरूकाे सशक्तिकरण र आय आर्जनमा टेवा पुगेकाे बताईन् । अनुगमनमा जाँदा महिलाहरू क्षमता विकासमा आएकाे परिवर्तनले आफूलाई समेत खुसि लागेकाे बताउँदै उप प्रमुख साउँदले ईडिसीकाे प्रशंसा गरिन् ।


द महिला नेटवर्क परियाेजनाले संगठन निर्माण तथा सशक्तीकरण , आर्थिक सशक्तिकरण, पारिश्रमिक बिनाकाे सेवामुलक कार्य, सवाल उठान तथा स्थानीय तहसंगकाे सहकार्य र अभिलेखिकरण तथा अभियान संचालन गर्ने उदेश्य साथ विभिन्न गतिविधी संचालन गरेकाेे कार्यक्रम अधिकृत रमा भण्डारीले जानकारी दिईन । भण्डारीका अनुसार परियाेजना अवधीभर विभिन्न २४ महिला समुहमा ७ सय ६८ महिला आवद्व भएका थिए ।

महिला समुहहरूलाई सहकारीमा लेखासम्बन्धी तालिम तथा नीति निर्माणमा सहयाेग, कृषि सम्बन्धी तालिम, कृषि पाठशाला संचालन, घुम्तीकाेष संचालन, बजारीकरण सम्बन्धी तालिम, महिलामैत्री बजार निर्माण सम्बन्धि गतिविधी परियाेजनाले संचालन गरेकाेे थियाे ।

सम विकास केन्द्र ईडिसीका अध्यक्ष अधिराज बिसीले परियाेजना अन्तरगत केआईसिंह गाउँपालिकालाई अर्गानिक कृषिका लागि रणनितिक याेजना निर्माण, महिलामैत्री हाट बजार स्थापनामा सहयाेग गर्नुका साथै ३ वटै पालिकामा रहेका महिला समुहहरूले घुम्तीकाेेषबाट ६८ लाख ७० हजारकाे बचत गरेकाे जानकारी दिए ।

अध्यक्ष बिसीले समाजमा व्याप्त अन्याय र विभेदका विरूद्व ०४८ सालमा स्थापना भएकाे ईडिसीले विभिन्न चुनाैति र समस्याका बावजुत समाजमा खेलेकाे भुमिकाकाे मुल्यांकन गर्दै नगरपालिकाले गरेकाेे प्रशंसा र सम्मानले आफूहरूलाई समुदायमा काम गर्न थप हाैसला बढेकाेे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *