साईन नेपाल द्वारा बारपाटा स्वास्थ्य चौकीलाई ल्याब उपकरण सामाग्री हस्तान्तरण

पाँजलो न्युज
१६ मंसिर २०८० १४:४३
साईन नेपाल द्वारा बारपाटा स्वास्थ्य चौकीलाई ल्याब उपकरण सामाग्री  हस्तान्तरण

सरिता कठायत

डोटी : डोटी जिल्ला शिखर नगरपालिकाको बारपाटा स्वास्थ्य चौकीलाई साइन नेपाल द्वारा ल्याब उपकरण सामाग्री हस्तान्तरण गरेको छ । मानवीय सेवामा अनेकौं प्रयास कैलाली संस्थाको आर्थिक सहयोग तथा शिखर नगरपालिकाको सहकार्यमा शिखर नगरपालिका ११ मा रहेको बारपाटा स्वास्थ्य चौकीलाई ल्याब उपकरण सामाग्री  हस्तान्तरण गरेको हो । संस्थाले सुदूरपश्चिमका धेरै स्थानीय तहहरूमा शिक्षा,स्वास्थ्य,कृषि र दैवीप्रकोपको क्षेत्रमा काम गर्दै आएको लामो समय भएको छ । साईन नेपाल संस्थालाई सुदूरपश्चिमका जिल्लामा नचिन्ने मानिस बिरलै मात्रामा भेटिन्छन् । शिखर नगरपालिका ११ बारपाटा स्वास्थ्य चौकी,आदर्श गाउँपालिका ५ लामिखाल स्वास्थ्य चौकी र सायल गाउँपालिका ३ तोलेनि स्वास्थ्य चौकीमा ल्याब सामाग्री बितरण गरेको छ । संस्थाले  वास्तविक समस्या लाई स्थानीय तहसँग समन्वय गरेर समाधान गर्दै आइरहेको छ । संस्थाले स्थानीय सरकार सँग हातेमालो गरेर समुदायमा उदाहरणीय कार्य गर्दै आएको शिखर नगरपालिका नगर उप प्रमुख सुनिता रावल जोराले बताइन् । उनले संस्थाले दिएको सेवा सुविधालाई सदुपयोग छ छैनन् स्थानीय सरकार निगरानीमा राख्नेछ जोराले भनिन् । संस्थाले सधैं स्थानीय सरकार सँग गरेको समन्वय र समुदायमा भएका समस्या समाधान गर्दै आएकोले धन्यवाद समेत  उप प्रमुखले दिएको थियो । वडाका मानिसहरूले सामान्य चेकजाँचका लागि जिल्ला र जिल्ला भन्दा बाहिर जानुपर्ने  ठुलो बाध्यता रहेको थियोे र अब संस्थाले गरेको ल्याब सामाग्रीहरूबाट आफ्नै वडाको स्वास्थ्यमा आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गर्ने सेवा दिएकोमा संस्थालाई धन्यवाद दिए शिखर  नपा ११ का  वडा अध्यक्ष कर्ण बहादुर विष्टले । उनले आफ्नो वडा धेरै विगट रहेको र वडामा समस्याहरू पनि धेरै छन् आगामी दिनमा संस्थाले वडाका जनताका लागि गर्न सकिने सहयोग लागि विष्टले संस्थालाई अनुरोध गरेका छन्  । साईन नेपालले स्वास्थ्य क्षेत्रमा आफ्नो संस्थाले गरेको ल्याब उपकरण बाट सहजीकरण हुनुका साथै सामाग्रीहरूलाई सहि सदुपयोग गर्नुपर्नेमा साईन नेपाल कैलाली संस्थाका कोषाध्यक्ष मेघराज भट्टले अनुरोध गरेका छन्  । बारपाटा स्वास्थ्य चौकीको स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि संस्थाले ल्याब उपकरण उपलब्ध गराएको साइन नेपाल कैलालीका अध्यक्ष भक्तराज जोशीले बताएका छन् । उनले भने संस्थाले गरेको सहयोगलाई आफ्नै सम्झेर सहि सदुपयोग गर्नुपर्ने र वडाका मानिसहरूको स्वास्थ्य क्षेत्रमा पनि सुधार हुनुपर्ने जोशीको भनाइ रहेको छ । संस्थाले स्थानीय तहका मानिसहरूलाई आवस्यक पर्ने र संस्थाले गर्न सक्ने सहयोग सधैं रहने जोशीले जानकारी गराएका छन् । ल्याब उपकरण हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख,नगर स्वास्थ्य शाखा प्रमुख,वडा अध्यक्ष,वडा सदस्य,महिला स्वास्थ्य स्वयंसेविकाहरू,वडा स्वास्थ्यकर्मीहरू,साइन नेपालका अध्यक्ष,कोषाध्यक्ष तथा कर्मचारी र पत्रकारको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *