डोटीको सायल गाँउपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन

पाँजलो न्युज
१३ मंसिर २०८० ९:४६
डोटीको सायल गाँउपालिकामा आँखा उपचार केन्द्रको उद्घाटन

डोटी– च्यारिटी हेल्थ फाउण्डेसन नेपालको सहयोगमा डोटीको सायल गाँउपालिकामा स्थापना गरिएको आँखा उपचार केन्द्रको बुधवार उद्घाटन भएको छ । प्रमुख अतिथि च्यारिटी हेल्थ फाउण्डसेनका संस्थापक सदस्य दीर्घराज उपाध्याय र सायल गाँउपालिकाका अध्यक्ष धर्मराज जोशीले संयुक्त रुपमा आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

आँखा उपचार केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि उपाध्यायले डोटीको अति दुर्गम सायलका नागरिकको आँखामा सामान्य समस्या हुदा पनि उपचारका लागि धनगढी जानु पर्ने बाध्यता रहेको र सो समस्याको समाधानका लागि सायल गाँउपालिकासंगको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । सामान्य असाबधनी र समयमा आँखाको उपचार नहुदा दृष्टि बिहीन हुने जोखिम हुने भएकोले पनि दुर्गम सायल गाँउपालिकाका नागरिकलाई गाँउमै समयमै आँखाको उपचार सुबिधा पु¥याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको बताए ।

सायल गाँउपालिकाका अध्यक्ष धर्मराज जोशीले आँखा उपचार केन्द्रको स्थापनाले स्थानीय बासिन्दाले आँखामा सामान्य समस्या हुदा उपचारका लागि दीपायल र धनगढी जानु पर्ने समस्या समाधान हुने बताए । सायल गाँउपालिकाबाट धनगढी जादा गाडी भाडा र आवात जावतमै १० हजार रुपैया भन्दा बढि खर्च हुने गरेको छ । यति रकम खर्च गरेर उपचारका लागि धनगढी जान सक्ने आर्थिक हैसियत यस पालिकाका नागरिकको छैन, अध्यक्ष जोशीले भने, आँखा उपचार केन्द्रको स्थापनाले दैलौमै स्थानीय बासिन्दाले आँखाको उपचार पाउने भएका छन् । यो हामी सबैका लागि खुशीको कुरा हो ।

अध्यक्ष जोशीले आँखा उपचार केन्द्र स्थापनाका लागि सहयोग गरेकोमा फाउण्डेसन, फाउण्डेसनका संस्थापक सदस्य उपाध्याय लगायत फाउण्डेसनको टीमलाई धन्यवाद दिए । उनले आगामि दिनमा समेत फाउण्डेसनबाट सहयोगको अपेक्षा गरेको बताए । उद्घाटन कार्यक्रममा बोल्दै च्यारिटी हेल्थ फाउण्डेसनका कार्यक्रम निर्देशक त्रैलोक्यनाथ पाण्डेयले आँखा उपचार केन्द्रको अभावमा दीपायल र धनगढी धाउन बाध्य सायल गाँउपालिकाका नागरिकलाई घरदैलौमै आँखा उपचारको सेवा प्रबाह गर्ने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । उनले फाउण्डेसनले हरेक वर्ष सायल गाँउपालिकामा निशुल्क आँखा शिविर सञ्चालन गर्ने समेत प्रबितद्धता गरे ।

उद्घाटन समारोहमा सायल गाँउपालिकाका उपाध्यक्ष निर्मला ओली बोहरा, नेपाली काँग्रेस सायल गाँउपालिका सभापति तेजराज ओझा, नेकपा सायल गापाका अध्यक्ष केशव राज उपाध्यायले सायल गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना गरेकोमा च्यारिटी हेल्थ फाउण्डेसन, फाउण्डेसनका संस्थापक सदस्य उपाध्याय र फाउण्डेसनका कार्यक्रम निर्देशक त्रैलोक्यनाथ पाण्डेयलाई धन्यवाद दिए । स्वास्थ्य संयोजक शिवराज जोशीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष बहादुर साँउदले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पत्रकार उपाध्याय र पाण्डेयलाई सम्मान सायल गाँउपालिकाले च्यारिटी हेल्थ फाउण्डेसनका संस्थापक सदस्य तथा पत्रकार दीर्घराज उपाध्याय र फाउण्डेसनका कार्यक्रम निर्देशक त्रैलोक्यनाथ पाण्डेयलाई सम्मान गरेको छ ।

पत्रकारिता र समाजसेवाका माध्यमबाट समाजलाई पु¥याएको योगदान गर्दै सायल गाँउपालिकाकाले उपाध्यायलाई सम्मान गरेको हो । च्यारिटी हेल्थ फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका उपाध्यायसंगै फाउण्डेसनका कार्यक्रम निर्देशक त्रैलोक्यनाथ पाण्डेयलाई सायल गाँउपालिकामा आँखा उपचार केन्द्रको स्थापनाका लागि सहयोग गरेकोमा सम्मान गरेको पालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । अध्यक्ष जोशीले दोसल्ला ओढाएर उपाध्याय र पाण्डेयलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *