बास नेपालले मावि तहका विद्यायहरूमा  खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दै 

पाँजलो न्युज
८ मंसिर २०८० ८:४१
बास नेपालले मावि तहका विद्यायहरूमा  खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दै 

 

डोटी : डोटी जिल्लाको शिखर नगरपालिकाका माध्यमिक तहका  विद्यालयहरूमा बास नेपालले खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दै आइरहेको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा बास नेपाल द्वारा संचालित सामुदायिक संलग्नता र मानव केन्द्रीत दृष्टिकोणमार्फत सामाजिक व्यवहार परिवर्तन परियोजना अन्तर्गत कोभिड १९ विरूद्वको खोप,१५ महिना मुनिका वालवालिकाहरूलाई लगाइने नियमित खोप,बालविवाह र जन्मदर्ताको सवालमा प्रत्येकको घरमा गई सो विषयमा जानकारी दिने र सो कुरा छ छैनन् समस्या पहिचान गर्ने साथै समस्या समाधानका लागि सहजीकरण गर्दै आइरहेको छ । संस्थाले मावि तहका विद्यालयहरूमा पनि सोही कुराहरूको बारेमा विद्यार्थीहरूलाई १ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । मंसिर ७ गते शिखर नगरपालिका २ मुडेगाउँमा रहेको महाकालि माविमा पनि एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियोे । एक दिने अभिमुखिकरण कार्यक्रममा खोपहरूको बारेमा  मुडेगाउँ स्वास्थ्य चौकीका अनमि  कलावति विष्टले जानकारी गराएको थियोे  । उनले बालबालिकाहरू १५ महिना भित्र लगाउनुपर्ने खोपहरू कहिले कहिले लगाइन्छ र आ आफ्नो समुदायमा भएका बालबालिका र कतै खोप लगाउन छुटेका बालबालिकाहरूको जानकारी स्वास्थ्यलाई दिनुपर्ने कुरा विद्यार्थीहरूलाई छलफल विष्टले गरेकी थिन् । बास नेपालले  प्रत्येक समुदायमा रहेका घर घर र मावि तहका विद्यालयहरूमा कोभिडको खोप,नियमित खोप,बालविवाह,जन्मदर्ताहरूको विषयमा छलफल गर्दै आएको बास नेपालका सामाजिक परिचालक सरिता कठायतले  बताइन्  । उनले सो कुरामा घरभेट होस् वा विद्यालयहरूमा कार्यक्रम गर्दा कुनैपनि समस्याहरू छन् भने सम्बन्धित निकायसँग समन्वय गरेर समस्या समाधान गर्दै आएको कठायतले भनिन् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *