सरिता कठायत
डोटी / डोटी जिल्लाको आदर्श गाउँपालिकाको वडा नं ६ गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत स्वर्गीय जानकी बोहरा प्रदेश स्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा डोटी बाट उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा पुरस्कृत भएकी छन् । शनिबार प्रदेश स्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम धनगढीमा भएको थियोे । सो कार्यक्रममा स्वर्गीय बोहराले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको हो । आर्थिक वर्ष ०७९/०८० को वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा डोटीबाट स्वर्गीय बोहरा उत्कृष्ट स्वास्थ्यकर्मी तथा मरणोप्रान्त सम्मानित भएकी छन् । जनताको सेवामा अहोरात्र खटिने बोहराले आफ्नो ज्यानको पनि ख्याल् नगरेकोले उनले अकालमै ज्यान गुमाउनुपरेको थियो । स्वर्गीय बोहरा सेवाग्राहीको एक प्रिय सेवक थिन् । उनले आफूले सेवाग्राहीहरूलाई दिने सेवामा कहिल्यै पछि नहट्ने गर्थिन् । बोहराको मृत्युले उनको परिवारलाई मात्रै पिडा भएनन् उनका प्रिय सेवाग्राहीहरूले पनि असल स्वास्थ्यकर्मी गुमाउनु पर्दा असाध्यै पीडा बोझ गरेका थिए गिरिचौका बासिन्दाले । बोहराले यो संसार छोडेर गएको १ वर्ष भयो । उनको मृत्यु पछि उनकी दिदिले बैनि मात्रै होइनन् असल साथी गुमाएका पीडा बोध गर्छन् देवकी बोहरा । बैनिको मृत्यु पछि कहिल्यै ओठमा हासो छैनन् छन् त केवल उनको यादमा रोदन मात्रै । आज एक असल कर्मचारीका रूपमा सम्मानित भएको खवरले देवकीलाई भावविह्वल बनाएको छ । बैनिको कार्यको मुल्यांकन गरेर सम्मानित त भइन तर सम्मान प्राप्त गर्न नपाउँदै उनी स्वर्गीय बनिन् । कसरी समालौ आफूलाई जो उनको आजको खुुसिको दिनले उनको मृत्युको दिनलाई बल्झायो स्वर्गीय जानकीको दिदिलाई । उनले भन्छिन् म उनी सम्मानित भएको कुरा कुन माध्यमबाट बहिनिलाई सुनाऊ । स्वर्गीय बोहरा स्वास्थ चौकीमा डिउटिकै क्रममा बिरामी भएर २०७९/५/८गते जिल्ला स्वास्थ कार्यालय मा चेकजाँच गर्न ल्याएको र उनको चेकजाँच गर्दागर्दै यो संसारबाट सदाको लागि छोडेर गइन । उनले आफ्नो परान भन्दा प्यारो श्रीमान र छोरालाई एक्लै छोडेर विलीन भइन् यो संसार बाट । उनी गर्भवती पनि थिन् । गाउँका हजारौं आमालाई गर्भवती जाँच सुत्केरी जाँच, गर्ने उनी आफ्नो चेकजाँचमा ख्याल् गरिनन् र मृत्युको मुखमा पुगिन । उनको पेटमा हुर्किदै गएको एक अबोध बालकलाई न सुनौलो संसार देखाउन पाइन् नत आफूले संसार हेर्न पाइन् । कलिलो उमेरमै उनी भगवानको प्रिय बनिन् स्वर्गीय बोहरा ।
प्रतिक्रिया