सरिता कठायत
बिमानस्थल ( कबिता)✍️❤️
कलावती उपाध्यायका गजल कविताहरूले पढ्दा आनन्दित बनाउँछ,उनले समय सान्दर्भिक कुरालाई साहित्य मार्फत प्रष्ट पारेकी हुन्छन् । उनी एक कुशल शिक्षिका पनि हुन । उनले पढाउने स्कुल लक्ष्मी माध्यमिक विद्यालय गोदावरी नगरपालिका ४ बुढीतोला कैलाली हो ।
खुब भिड
अनि दुख र सुखका हजारौँ परिभाषाहरु
चिल्ला गाडि
चिल्ला गाडिभित्रका खस्रा सपनाहरु
गुडिरहेछन
बिमानस्थल भित्र अनि बाहिर।
भरिभराउ लगेजहरु पाँग्राले गुड्छन
बाध्यताले भारी भएको मन गुडाउने पाँग्रा छैन
अलि सहज हुन्थ्यो होला पछाडि भक्कानो फुटाएर
बिदाइको हात हलाउँदै पर्खिनेहरुलाइ ।
आउनेहरुलाइ पर्खिएका आफन्तहरु देख्दा लाग्छ
जीवनमा यो पहिलो खुसी हो जो आजसम्म आएको थिएन
अनि जानेहरुलाइ बिदाइ गर्नेको आँखामा संसार रित्तिएको अनुभब
खुब नियाल्न मन लाग्छ चारैतिर
आखिर रहरलाइ कसैले बाधा नगरेको हो कि
बाधालाइ रहर बनाइएको हो ।
जीवनको परिभाषा भनेको
पर्खिनु र पर्खाउनु रहेछ
रुँदै हात हल्लाउनु र अंकमाल गर्नु रहेछ
चाहे पिडा होस चाहे उमँग ।
पिडालाइ बिदाइ गरियो कि
खुसीलाइ परदेश पठाइयो
बर्षौँ पछि
सास आउँछ कि लास आउँछ
सोच्ने फुर्सद कहाँ हुँदो र ?
फाइदा हुनेलाइ पो कसैको आँसु पनि खुसी हुँदो हो
आफ्ना सपनाहरु थुनेर बाध्यताको बाढीले बगाएको
एक मनुष्यको जीवन कथा
पढ्न अनि लेख्न
जीवनको फरक अनुभब बटुल्न
जिउन त दुख चाँहिदो रहेछ
भन्ने एक अमर उदाहरण
माया , प्रेम, खुसी, रहर
सबै थोक बन्धकि राखेर
बाध्यताको उडान गर्नेको
खुबै निको पाठ
सिकाइको सुन्दर उत्प्रेरणाको
उद्द्गम स्थल
बिमानस्थल ।
प्रतिक्रिया