सरिता कठायत
डोटी: गोलेदेउलाकाे मन्दिर डोटी जिल्लाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो । त्यो ठाउँमा पर्यटकीय स्थलका लागि एकदमै राम्रो ठाउँ पनि हो । तर विडम्बनाका साथ त्यो ठाउँलाई विश्वभर चिनाउन सकिएको छैनन् । त्यहाँ सफा सुन्दर ठाउँ रहेको छ । यो मन्दिर सायल गाउँपालिका वडा नम्बर ६ मा अवस्थित छ । गोलेदेउलामा घटस्थापनाको दिन देखि नवमीको दिनसम्म मेला लाग्ने गर्छ । मालिकाकि कान्छी बहिनीका रूपमा चिनिने गोलेदेउला भवानी माताको हरेक बर्ष असोक शुक्ल नवमीका दिन रातको समयमा र दशमीका दिन बिहानको समयमा भक्तजनहरूले पुजा पाठ गर्ने प्रचलन रहेको छ । सो धार्मिक स्थलमा भक्तजनहरूले व्रत बसेर जाँदा मनले चिताएको सबै कुराहरू पुराहुने धार्मिक बिश्वासका साथ सो मेलामा धेरै भक्तालुहरू जाने गर्छन् । त्यहाँ दिपायल सिलगढी नगरपालिका,आदर्श गाउँपालिका,पुर्वीचौकि गाउँपालिका र सायल गाउँपालिका लगायतका मानिसहरू जाने गरेका छन् । यो वर्ष गोलेदेउलामा धार्मिक मेला सँगै योग साधना पनि हुने भएको छ । गोलेदेउला माताको पुजा पाठदेखि योग साधना लगायत विज्ञ गुरुहरु बाट श्रीमद्भभगवत गीता रुद्री (वेद) दुर्गासप्तसती पाठ तथा अष्टधातु निर्मित माता दुर्गाको मूर्ति स्थापना पनि गरिने छ । उक्त श्रीमद्भभगवत गीता रुद्री (वेद) दुर्गासप्तसती पाठ कार्यक्रमलाई सफल बनाउन र उक्त कार्यक्रममा पाल्नुहुन्ने आस्थावान् सम्पुर्ण भक्तजनहरुको खाना र बस्नको बास व्यवस्थापनका निमित्त सहयोगको पनि अपेक्षा गरेको सायल गाउँपालिका ६ नम्बरका वडा अध्यक्ष दिपक साउदले बताएका छन् । उक्त धार्मिक कार्यक्रममा भक्तजनहरूले उपस्थिति भइ कार्यक्रमको शोभा बढाइदिनुहुन्न सम्पुर्णलाई साउदले सादर निमन्त्रणा गरेका छन ।
प्रतिक्रिया