डोटी : डोटी जिल्ला शिखर नगरपालिकाका वडा नं ८ का स्वर्गीय केशव महराको परिवारलाई अमेरिका बस्ने इन्द्र भाटले २० हजार आर्थिक सहयोग गरेका छन् । भाटको जन्म स्थान शिखर नगरपालिका वडा नं ६ ओल्लाकाडा पचनाली हो । हाल उनी अमेरीका बसोबास गर्दै आइरहेका छन् । स्वर्गीय महराको भाद्र २८ गते डडेल्धुरा जिल्ला अन्तर्गत पर्ने भीमदत्त राजमार्गको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा मृत्युु भएको थियोे । महराको पारिवारिक स्थिति नाजुक रहेकोले भाटले छोराहरू र श्रीमतीलाई केही सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरेका हुन् । भाट जन्मस्थान भन्दा बाहिर रहेर पनि जिल्लामा कसैलाई समस्या पर्दा आफूले गर्न सक्ने सहयोग सधैं गरिरहेका हुन्छन् । स्वर्गीय महराको पारिवारिक अवस्था एकदमै नाजुक भएकोले आर्थिक सहयोगको अपिल गर्दाखेरी धेरै सहयोगीहरूले सहयोग गरेको आर्थिक सहयोगका अभियान्ता शिखर ८ का टेक बलायरले बताए । उनले भने अझै पनि सो परिवारलाई सहयोग गर्न चाहाने सहयोगी दाताहरूले सहयोग गरिदिनु अनुरोध समेत बलायरले गरेका छन् । शिखर ४ गरूडि निवासी गोरख भट्टको मोटरसाइकल दुर्घटनामा मृत्युु भएकोले उनका परिवारलाई पनि रू २० हजार आर्थिक सहयोग भाटले गरेका छन् ।
प्रतिक्रिया