अवरूद्व पहिराे हटाउन जुटे बडीकेदारका पुर्व अध्यक्ष

एकेन्द्र चन्द
१४ असोज २०८० ६:४२
अवरूद्व पहिराे हटाउन जुटे बडीकेदारका पुर्व अध्यक्ष

डाेटी- बडिकेदार गाउँपालिका वडा नम्बर ५ को नेटा- मार्कोट ग्रामीण सडककाे पहिरो हटाउन पुर्व गाउँपालिका अध्यक्ष कृष्ण बहादुर चन्द आँफै जुटेका छन् । ४८ दिनदेखि पहिराे खसेर अवरूद्व रहेकाे सडक सुचारू गर्न स्थानीय सरकारले चासो नदिए पछि पुर्ब अध्यक्ष चन्द  स्थानीयकाे सहयाेग लिएर पहिरो हटाउन जुटेका  हुन् ।

सडकमा पहिरो खसेपछी यातायातका साधनहरु संचालनमा आउन सकेका छैनन्। यातायातका साधन संचालन नहुँदा सुत्केरी महिला, बिरामी,असक्त, ब्यक्तिलाई अस्पताल पुर्याउन समेत समस्या हुँदै आएको स्थानीयकाे गुनासाे छ । स्थानीय ब्यापारीलाई समेत सामान ढुवानी गर्न समस्या भएपछि दैनिक उपभाेग्य वस्तुकाे मूल्य बढेकाे थियाे । अवरूद्व सडक सुचारू भएवरपछि दशै तिहारमा घर फर्किनेलाई समेत सहज हुने शिक्षक हिम बहादुर सिराडिले बताए ।
डोटीका अन्य ठाउँका ग्रामीण सडक वर्षाका कारणले अबरुद्ध भएका थिए ति सडक  अझैसम्म पनि  संचालनमा आउन सकेका छैनन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *