राधाकृष्ण मावि विद्यालयमा एक दिने अभिमुखिखिकरण कार्यक्रम

पाँजलो न्युज
१२ असोज २०८० १५:४५
राधाकृष्ण मावि विद्यालयमा एक दिने अभिमुखिखिकरण कार्यक्रम

डोटी: डोटी जिल्लाको शिखर नगरपालिकको राधाकृष्ण माविमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरणमा खोप तथा बालविवाह सम्बन्धि कार्यक्रम गरेको हो । शुक्रबार शिखर नगरपालिका वडा नं ८ गोपघाटमा रहेको राधाकृष्ण माविमा युनिसेफको आर्थिक सहयोग र बास नेपालको आयोजनामा एक दिने विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम गरेको थियो । बालबालिकाहरूलाई पन्ध्र महिनासम्म नियमित खोप लगाउनुपर्ने र खोप कहिले र कति लगाउने भन्ने बारे शिखर नपा ८ का आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख साजन बलायरले कार्यक्रममा छलफल गरेका थिए । बालबालिकाहरूलाई किताबि ज्ञान मात्रै होइनन् स्वास्थ्य क्षेत्रमा पनि ज्ञान भएपछि समाजमा उनिहरूले सो विषयको ज्ञान दिने गर्छन् त्यसैले विद्यार्थीहरूलाई खोप तथा बालविवाह र समाजमा अलिखित नियमहरूलाई न्यूनीकरण गर्नुपर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बास नेपालका सामाजिक परिचालक सरिता कठायतले बताइन् । संस्थाले घरभेट देखि विद्यालय र समाजले मान्दै आएका र ती विकृतिको रूपमा परिणत भएका कुराहरूलाई परिवर्तन गर्न संस्था काम गर्दै आएको कठायतले भनिन् । संस्थाले पालिकामा स्वास्थ्य क्षेत्र,जन्मदर्ता छुटेका,बालविवाह र कोभिडको खोप लाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । विद्यालय अभिमुखिकरण कार्यक्रममा राधाकृष्ण माविका ९,१०,११,१२ कलासका १६० भन्दा बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *