दोषीलाइ कार्वाही गरिने शैलेश्चेवरी समितिको चेतावनी

ताोकिएको भन्दा बढी भाडा असुल्दै यातायात व्यवसायी

बढी पैसा उठाएको प्रमाणित भएमा केही दिनका लागि चलान रोकिने

पाँजलो न्युज
६ असोज २०८० ७:३९
ताोकिएको भन्दा  बढी भाडा असुल्दै यातायात व्यवसायी
नयाँ भाडादरबारे केही दिन अङि वायलमा बसेको बैठक । फायल फोटो ।

डोटी– केआइसिंह गाउँपालिका अन्तर्गतका सडकहरूमा तोकिएको भाडादरभन्दा बढी रकम असुल्ने सवारीसाधनबारे शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रा.लीले छानबिन गर्ने भएको छ । छानबिनपछि दोषी देखिए नियमानुसार कार्वाही गरिने कार्यालय प्रमुख प्रेम सिंह रावलले बताए ।

दिपायल देखि तिखात्तरसम्मको ५ सय भाडा असुली गरेको आरोप स्थानीयले लगाएका छन् । गाउँपालिका र शैलेश्वरी डोटी सार्वजनिक यातायात प्राली बिच बसेको बैठकले नयाँ भाडा दर कायम गरेको थियो । सो भाडा दर अनुसार दिपायल देखि तिखात्तरसम्मको ३ सय २५ रुपैयाँ  हुने गर्छ । नयाँ भाडा दर पक्की सडकमा प्रतिकिलोमिटर ७ र कच्ची सडकमा १२.५ तोकिएको छ ।

तिखात्तर लेकगडा स्थित घरबाट दिपायल आउनेक्रममा आफूबाट ३१६ नम्बरको बोलेरो जिप चालक प्रेम बहादुर बोहराले तिन दिन अघि ५ सय असुलेको लोकमाया बोगटीले आरोप लगाएकी छन् । उनीसँगै सो गाडीमा आएका अरू यात्रुले भाडा दर घटेको छ भन्दा वायलसम्म मात्र घटेको भन्दै ५ सय भाँडा उठाएका थिए । सो रुटमा चढ्ने गणेश चन्दको बोलेरो जिपले पनि देउसरा विक, रबी बिक लगायतसँग ५ सय रुपैयाँ असुली गरेको केआईसिंह २ तिखात्तरका रोहित बोगटीले आरोप लगाएका छन् ।

तोकिएको भन्दा बढी भाडा दर असुलेको भन्दै स्थानीय आक्रोशित छन् । स्थानीय रोहित बोगटीले सरोकारवालाले घटनाको ढाकछोप गरी कार्वाही नगरे सडक अवरुद्ध पार्ने चेतावनी दिएका छन् । केआइसिंह गाउँपालिकाले समेत स्थानीयबाट भाडा असुलेको गुनासोबारे शैलेश्वरी यातायातलाई आवश्यक छानबिनका लागि जानकारी दिइसकेको अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीका अध्यक्ष गणेश मलासीले सबै सवारीसाधनलाई नयाँ भाडा कायम गरिएको लिष्ट बुझाइसकेकाले सो भन्दा बढी रकम उठाउनेलाई कार्वाही गर्ने बताए । ‘कार्यालय प्रमुखलाई सो सम्बन्धमा के कुरा हो भनेर छानबिनका लागि निर्देशन दिइसकेको छु, ढुक्क हुनुस् गल्ती गरेको पाइएमा कार्वाही हुन्छ’, अध्यक्ष मलासीले भने, ‘कसैले बढी भाडा मागेमा तुरुन्त जानकारी गराइ सहयोग गरिदिन समेत अनुरोध गर्दछु ।’

शैलेश्वरीका कार्यालय प्रमुख रावलले भने घटनाको छानबिन भइरहेको बताए । ‘चालक बोहरा केही दिन अघि मात्र गाउँबाट दिपायल आएकाले नयाँ भाडा दर बारे थाहा नपाएको कुरा बाहिरबाट सुन्नमा आएको छ’, कार्यालय प्रमुख रावलले भने, ‘उनी फोन पनि उठाइरहेका छैनन्, घटनाको आवश्यक छानबिन गरेर कार्वाही अघि बढाउँछौँ ।’

समितिले नयाँ भाडा दर कायम भएकोबारे चालक बोहरालाई जानकारी दिए नदिएको विषयमा छानबिन गर्दैछ । यदि जानकारी दिँदा पनि बढी पैसा उठाएको प्रमाणित भएमा केही दिनका लागि चलान रोकिने उपाध्यक्ष एवम् आर्थिक समितिका संयोजक केबि माझिले बताए । समिति र स्थानीय सरकारले गरेको निर्णय बाहिर गएमा सवारीसाधन ठप्प पारेर कार्वाही गरिने चेतावनी माझिको छ । उनले स्थानीयलाई समेत सजग हुन र मागेको भन्दा बढी भाडा नतिर्न आग्रह गरेका छन् ।

चालक बोहरासंग घटनाबारे जानकारी लिन उनको मोवाइल नं. ९८४८६४३२३२ मा पटक पटक सम्पर्क गर्दा भने फोन उठेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *