सरकार र शिक्षक महासंघको सहमतिमा राहत शिक्षकको विरोध

पाँजलो न्युज
५ असोज २०८० १३:१७

काठमाडौं – सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमतिमा राहत शिक्षकले भने असहमति जनाएका छन् । उनीहरू सहमतिपत्रमा हस्ताक्षर नगरी वार्ताबाट बाहिरिएका छन् ।

‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ’, राहत शिक्षक केन्द्रीय  समितिका अध्यक्ष खेमराज अधिकारीले भने ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको उनले बताए । राहत शिक्षकले आन्दाेलन जारी राख्ने भएका छन् ।

‘माइतीघर मन्डलामा भोलि भेला हुन्छाैँ । ४० हजार शिक्षक आक्रमक रुपमा उत्रिन्छाैँ । शिक्षक महासंघबाट राजीनामा दिने कुरा भएकाे छ,’ राहत शिक्षकका महासचिव कुमार बजगाईले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *