गृहको आदेश पछि सिमामा रोकिएका विदेशीहरूले गन्तव्यमा जान अनुमति पाए 

गणेश मौनी
३ असोज २०८० १७:१२
गृहको आदेश पछि सिमामा रोकिएका विदेशीहरूले गन्तव्यमा जान अनुमति पाए 

डोटी । गृह मन्त्रालयले एक हप्ता देखि सीमा नाकामा रोकिएका विदेशी पर्यटकहरूलाई गन्तव्यमा जान अनुमति दिएको छ ।

डोटी र अछाम जिल्लाको चौखुट्टे बजार सीमा क्षेत्रमा एक साता देखि रोकिएका पर्यटकहरूलाई मन्त्रालयको आदेशअनुसार गन्तव्यमा जान छोडिएको प्रहरी चौकी चौखुट्टे अछामले जनाएको छ ।

अछामको रामारोशन घुम्न भनेर आएका १२ देशका नागरिकलाई १ हप्ता सम्म सिमानामा रोकिएको थियो ।उनीहरू रामारोशन क्षेत्रमा लामो समय सम्म बस्ने अनुमति नभएको भन्दै अछाम प्रशासनले रोकेको थियो ।

पर्यटकहरूलाई विभिन्न सर्त सहित तत्कालका लागि गन्तव्यमा जान छोडिएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनले भने कानुन विपरीत गतिविधि गरे पक्राउ गर्नु भनेर गृह मन्त्रालयले भनेको बताए ।
पर्यटकहरू सँग १ देखि ३ महिना सम्मलाई नेपाल बस्नलाई भिसा रहेको समेत प्रहरी प्रमुख पाठकले बताए ।

रामारोशन क्षेत्रमा आएका विदेशी नागरिकहरू भारत, अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, स्विडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका नागरिक रहेका छन् ।उनीहरू रामा रोशनमा १ महिना सम्म टेन्ट हालेर बस्नेछन्।

अहिले करिब २८३ बढिको सङ्ख्यामा आएका उनीहरू २ हजार बढीको सङ्ख्यामा हुने पर्यटकहरू बताउने गरेका छन् । केही समय मकालु क्षेत्रमा र अर्घाखाँची ४० जना यस्तै प्रकृतिका विदेशी नागरिक आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *