बाल क्लब र किशोर किशोरीहरूकाे क्षमता अभिवृद्धिका लागि एक दिने अभिमुखिकरण तालिम

सरिता कठायत
३ असोज २०८० १२:०५
बाल क्लब र किशोर किशोरीहरूकाे क्षमता अभिवृद्धिका लागि एक दिने अभिमुखिकरण तालिम

डोटी : डोटीको शिखर नगरपालिकामा बाल क्लब र किशोर किशोरीहरूलाई बाल विवाह र खोप सम्बन्धि क्षमता अभिवृद्धिका लागि एक दिने अभिमुखिकरण तालिम सञ्चालन भएको हो  । बुधबार नगरपालिकाको सभा हलमा बाल क्लब तथा किशोर किशोरीहरूलाई युनिसेफको आर्थिक सहयोग सहकार्य शिखर नगरपालिका र बास नेपालको आयोजनामा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत बाल विवाह र खोप सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरिएको हो । बाल क्लब र किशोर किशोरीहरू भनेका समाजका अगुवा हुन उनिहरूलाई सबै ठाउँमा समावेश गराएर अगाडि बढाउनुपर्छ शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए । उनले भने नगरपालिकाबाट मात्रै होइनन् यसरी समाज परिवर्तनका लागि संस्थाहरूले साथ दियो भने काम गर्न धेरै सहज हुने नगर प्रमुख बलायरको भनाइ रहेको थियोे । नगरपालिकामा संस्थाहरूको ठुलो साथ भएर हामीले नगर बाल क्लब गठन गर्न सफल भएका छौ नगरपालिका नगर उप प्रमुख सुनिता रावल जोराले भनिन् । उनले बास नेपालले समुदाय,स्वास्थ्य क्षेत्र होस् वा बालबालिकाहरूका क्षेत्रमा राम्रो कार्य गरेर अगाडि बढिरहेको र आगामी दिनमा समेत संस्थाले यसरी नै सहजीकरण गर्नुपर्ने उप प्रमुखको भनाइ रहेको छ । तालिममा बाल क्लब र किशोर किशोरीहरू गरि जम्मा २० जनाको सहभागीता रहेको थियोे । कार्यक्रममा सहभागी नगर स्तरीय बाल क्लब सदस्य संगीता खातीले समुदायमा भैरहेका जे जति अलिखित चलन चल्ती छन् ती सबै हाम्रो अभिभावकहरूकाे पुरानो सोचका कारण भैरहेको उनको भनाइ रहेको थियो  । खातिको भनाइ अनुसार समाजमा हरेक कुराको परिवर्तन गर्न पुरानो पिडिहरूको सोच परिवर्तन गर्न जरुरी रहेको बताइन् । त्यसैगरी अर्का सहभागीले हामी बालबालिकाहरूका लागि असाध्यै राम्रो कार्यक्रम रहेको उनले बताएका छन् । एक दिने अभिमुखिकरण कार्यक्रमको सहजीकरण बास नेपाल सुदूरपश्चिम प्रदेशका कार्यक्रम अधिकृत हरिप्रसाद जोशीले गरेका थिए । कार्यक्रममा नगर प्रमुख नगर उप प्रमुख नगर शिक्षा शाखाका प्रास तथा बास नेपालका कर्मचारीहरूको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *