डोटी ,डोटीमा करदाता सेवा कार्यालय डोटीले करदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
पुर्बिचौकी गाउँपालिका संगको समन्वयमा पालिकाभित्र रहेका बिद्यालयका प्र.अ., लेखापाल र स्थानीयव्यापारीहरुलाई शनिवार अभिमुखीकरण गरिएको हो ।
कर शिक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा विभिन्न विषयवस्तुको बारेमा जानकारी गराएको करदाता सेवा कार्यालय डोटीका प्रमुख अमर थापाले बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा कारोबार दर्ता प्रक्रिया, कर तिर्ने समय र प्रक्रिया, आय विवरण बुझाउने समय, समयमा कर नतिर्दा हुने जरिवाना, प्र अ र लेखापालहरूलाई भुक्तानीमा हुने करकटटी (E-TDS) को बारेमा जानकारी गराइएको समेत प्रमुख थापाले बताउनु भयो ।
पुर्विचौकी गाउँपालिका वडा नम्बर ४ सानागाउँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, व्यापारी लगाएको सहभागिता रहेको थियो ।
प्रतिक्रिया