शिखरमा पनि विविध कार्यक्रम गरि मनायो बाल दिवस

पाँजलो न्युज
२९ भदौ २०८० १६:४०
शिखरमा पनि विविध कार्यक्रम गरि मनायो बाल दिवस

डोटी : बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ जिल्लाको शिखर नगरपालिकाले ५९औं राष्ट्रिय बाल दिवस कार्यक्रम मनाएको छ । नेपालले संयुक्त राष्टसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियोे । हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउँदै आएको छ । संविधानको धारा ३१ ले प्रत्येक बालबालिकाहरूलाई परिवार तथा राज्यबाट शिक्षा,स्वास्थ्य,पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको छ । शुक्रबार हरिहर माविबाट बाल अधिकार,बाल विवाह जस्ता प्लेकार्डको साथमा नारा लगाउँदै वृहत् र्यालीद्वरा परिक्रमासहित नगरपालिकामा दिवस मनाएको हो । शिखर नगरपालिका तथा शिक्षा युवा तथा खेलकुद शाखा,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सामुदायिक विकास केन्द्र,समान पहुँच विकास केन्द्र, सम विकास केन्द्र र बास नेपालको समन्वय र आर्थिक सहयोग रहेको थियोे । बालबालिकाहरूको हक अधिकारका लागि नगरपालिका र स्वयं सधैं साथमा रहने शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताएका छन्  । नगर सरकार जनप्रतिनिधिको मात्रै होइन यो सबैको हो यश कारण नगरबाट पाउन सक्ने सेवा सुविधाबाट कोही र कहिल्यै बञ्चित रहदैनन् नगर प्रमुख बलाएरले भने । बालबालिकाहरूमा सरकारको मात्रै लगानी होइनन् घरपरिवार समाजको पनि लगानी हुनुपर्छ सिडिसि संस्था डोटीका अध्यक्ष हेमराज जोशिले बताए  । उनले भने बालबालिकाहरूलाई घरपरिवारहरूको पनि उत्तिकै आवश्यकता रहन्छ त्यसैले घरपरिवारले पनि बालबालिकाहरू माथि सहि लगानी लगाउन अनुरोध समेत जोशीले गरेका छन् । आजका बालबालिका भोलिका कर्णद्वार हुन नगर उप प्रमुख सुनिता रावल जोराले बताइन्  । उनले घरपरिवारको जस्तो व्यवहार छ त्यस्तै व्यवहार बालबालिकाहरूमा पनि पर्ने गर्छ त्यसैले बालबालिकाहरू प्रति सबै निकायले चिन्तित हुनुपर्ने जोराले भनिन् । कार्यक्रममा नगरस्तरिय विद्यालयका बालबालिकाहरूको वक्तित्वकला,निबन्ध लेखन, एकल गायनमा दरो प्रतिस्पर्धा रहेको थियोे । वक्तित्वकलामा प्रथम संगीता खाति केदारेश्वर मावि  द्वितीय आयुषा शर्मा शारदा मावि तृतीय अन्जु बलायर राधाकृष्ण मावि र सान्त्वना दिपिका भट्ट भवानी माविका छात्राहरू रहेका थिए भने निबन्ध लेखनमा प्रथम ममता बलायर राधाकृष्ण मावि द्वितीय हरिष जोशी केदारेश्वर मावि तृतीय निराजन उपाध्याय सरस्वती मावि र सान्त्वना हरि साउद गणेश माविका भएका हुन । त्यसैगरी एकल गायनमा प्रथम रेसु विक शारदा मावि द्वितीय त्रिलोक उपाध्याय तृतीय अनिता धामी महाकाली मावि र सान्त्वना सरस्वती बलायर राधाकृष्ण माविका बालबालिका भएका थिए । साथै बालविवाह,बालबालिकाहरूलाई नियमित खोपका बारेमा नाटक पनि सो कार्यक्रममा प्रस्तुत गरिएको थियो । साथसाथै अन्य स्थानीय कलाकारहरूको गायन र नृत्य पनि रहेको थियोे । कार्यक्रममा स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख सेर बहादुर कार्कीले गरेकका थिए भने गीत मार्फत स्वागत राधाकृष्ण माविका छात्राहरूले गरेका हुन् । राष्ट्रिय बाल दिवसको नगर स्तरीय कार्यक्रम बास नेपालका सामाजिक परिचालक सरिता कठायतले सञ्चालन गरेको थियो 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *