जोशी न्यायाधिसमा सिफारिस

पाँजलो न्युज
२९ भदौ २०८० १५:३०
जोशी न्यायाधिसमा सिफारिस

डोटी– न्याय परिषद्ले उच्च अदालतका लागि डोटी सिलगढी निवासी अधिवक्ता गोविन्द जोशीलाई सिफारिस गरेको छ । जिल्ला बार एसोसिएसन डोटीका संस्थापक अध्यक्ष जोशीलाई शुक्रवार सिफारिस गरेको हो । शुक्रवार बसेको न्याय परिषद्को बैठकले अधिवक्ताबाट ६ जना, जिल्ला न्यायाधिसहरुबाट १८, न्याय सेवाबाट ३ जना गरी २७ जनालाई सिफारिस गरेको थियो ।

जसमध्ये जोशी अधिवक्तातर्फ सिफारिसमा परेका हुन् । जोशीले आफ्नो अनुभव र कानुनी प्रावधान अनुसार न्याय सम्पादनमा भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् । सिफारिसमा परेपछि जोशीको निवासमा बधाई दिनेको ओइरो लागेको छ ।

२०३१ सालमा जन्मिएका जोशी कानुन विषयमा स्नातक गरेका छन् । ३ भाइ, २ छोरा , आमा र श्रीमतीसँग जोशी दिपायल सिलगढी नगरपालिकाको वडा नं. ५ का निवासी हुन्  । पुर्ख्यौली घर भने उनको शिखर नगरपालिका मुडभरा पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *