देवी माविमा २ कोठे भवन उद्घाटन

पाँजलो न्युज
२५ भदौ २०८० १२:१२
देवी माविमा २ कोठे भवन उद्घाटन
(डोटी)– दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ स्थित देवी माध्यमिक विद्यालयको नवनिर्मित २ कोठे आरसिसी भवनको उद्घाटन भएको छ ।  वडाध्यक्ष राजेन्द्र बहादुर खड्काले रिबन काटेर भवनको सोमबार उद्घाटन गरेका हुन् ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) ले ४८ लाख आठ हजार पन्चासी रुपैयाँ बराबरको लगानी गरी सो भवन निर्माण गरेको हो । अपाङ्ग र बालमैत्री सो भवन भूकम्प प्रतिरोधी बनाइएको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले बताए । उनले सो भवन माथि थप २ तला थप्न सक्ने गरी संरचना बनाइएको जानकारी दिए । सोमबार नै सामुदायिक विकास केन्द्र (सिडिसी) का अध्यक्ष जोशीले नवनिर्मित भवन विद्यालयलाई औपचारिक हस्तान्तरण समेत गरेका छन् ।
वडाध्यक्ष खड्काले गुणस्तरीय भवन निर्माण गरी अतुलनीय सहयोग गरेकोमा धन्यवाद दिँदै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । ‘हामी जनप्रतिनिधिको समेत शिर ठाडो पार्ने गरी सिडिसीले गरेको सहयोग प्रति कृतज्ञ छु’, वडाध्यक्ष खड्काले भने, ‘यस भवनले विद्यार्थीको शिक्षण क्रियाकलापमा ठुलो योगदान पु¥याउने अपेक्षा लिएको छु ।’
विद्यालयका प्रधानाध्यापक सिद्धाराज ओझाले भौतिक संरचनाहरूको अभाव झेलिरहेका बेला सिडिसीबाट निर्मित भवनले ठुलो गुन लगाएकोमा खुसी व्यक्त गरे । सो भवनमा कक्षा एक देखि ३ सम्मका विद्यार्थीहरुलाइ पठनपाठन गराउने उनको भनाइ थियो ।
सदरमुकाम नजिकै भएर पनि विभिन्न अभाव र चुनौतीले दुर्गम रहेको क्षेत्रमा पुर्खाहरूले निकै दुख कष्ट गरी जोगाएको विद्यालयमा निर्मित अत्याधुनिक भवनले सम्पूर्ण विद्यालय परिवार खुसी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर बोगटीले बताए ।  भवन निर्माण गरेकोमा खुसी व्यक्त गर्दै विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर बोगटी र वडाध्यक्ष खड्काले सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशी सहित कर्मचारीहरूलाई दोसल्ला र कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।
उद्घाटन कार्यक्रममा शिक्षक, विद्यार्थी , अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका तर्फबाट सामुदायिक विकास केन्द (सिडिसी)का अध्यक्ष हेमराज जोशीलाइ दोसल्ला र कदरपत्र प्रदान गरी सम्मान गर्दै वडाध्यक्ष ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *