महिला संजालले गर्‍यो तिज विशेष कार्यक्रम

सरिता कठायत
२३ भदौ २०८० १५:१८
महिला संजालले गर्‍यो तिज विशेष कार्यक्रम

सरिता कठायत

डोटी : डोटी जिल्लाको शिखर नगरपालिका ५ तिजालिमा महिला संजालले तिज विशेष कार्यक्रम गरेको छ । हिन्दु महिला हरूको महान पर्वका रूपमा मनाइने तिजलाई वडा महिला संजालले तिज विशेष कार्यक्रम गरेको हो । शनिबार शिखर नगरपालिका तथा वडाको आर्थिक सहयोग र वडा महिला संजालको आयोजनामा सो कार्यक्रम गरिएको थियो । देश तथा विदेशमा रहने महिला हरूले महान पर्वका रूपमा मनाउँदै आइरहेको एक पर्व हो हरितालिका तिज । गाउँका महिला दिदीबहिनीहरू एक ठाउँमा जम्मा भएर दुखसुख साटासाट गर्नुका साथै आफ्नो श्रीमानको लामो आयुका लागि वर्त बसेर तथा नाचगान गरेर यो पर्वलाई महिलाहरूले भव्य बनाउने प्रचलन रहिआएको छ । जनताको भावनालाई कदर गरेर आफूले नगरबासीलाई सेवा दिने तिज विशेष कार्यक्रमका प्रमुख अतिथि तथा शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए  । उनले समुदायमा भएका समस्याहरूलाई नियाल्दै आएको र नगरपालिकाबाट हुने सहयोगका लागि कहिल्यै पछि नहट्ने बलायरले जानकारी गराएका छन् । यस्ता खाले सामुहिक कार्यक्रमले दिदीबहिनीहरूमा एक प्रकारको माया प्रेम र सद्भाव रहन्छ शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले बताइन् । उनले शिखरको वडा नं ५ बाट सञ्चालन भएको तिज विषेश कार्यक्रम सबै वडामा सञ्चालन गरेर भाद्र ३० गते समापन गर्ने नगर उप प्रमुख ले जानकारी गराइन् । सबै टोलका महिला दिदीबहिनीहरूलाई समावेश गरेर सो कार्यक्रम गरिएको शिखर नपा ५ का वडा सदस्य तथा कार्यपालिका सदस्य जानकी जोशीले भनिन् । उनले यसरी एकआपसमा दिदीबहिनीहरूलाई संयुक्तरूपमा समावेश गरेर कार्यक्रम गर्दा कुनै मन मुटाब नहुने बताइन् । कार्यक्रममा टोलका एक समूह तथा दुई समूह गरेर तिज विशेष कार्यक्रम सम्बन्धि गीत गाएर तथा नित्य गरेर प्रतिस्पर्धा गरिएको थियोे । साथै सो प्रतिस्पर्धा कार्यक्रममा तिजमा महिला दिदीबहिनीहरूले दुख पीडा भोगेका कुराहरूलाई गीत मार्फत झल्काएका थिए भने स्थानीय कलागलालाई पनि कार्यक्रममा समावेश गरिएको थियोे । प्रतिस्पर्धामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना पुरस्कार साथै स्थानीय कलाकारहरूलाई समेत पुरस्कारकाे व्यवस्था गरिएको थियोे । कार्यक्रम समापनमा बोल्दै महिला दिदीबहिनीहरूको महान पर्वका रूपमा मनाइने हरितालिका तिजलाई विशेष कार्यक्रम गर्न सहयोग गर्ने नगरपालिका तथा वडालाई वडा महिला संजालका संयोजक कविता बोहराले धन्यवाद दिएकि छन् । उनले संजालले सधै महिला दिदीबहिनीहरूका सुख दुखमा सहयात्रा गर्ने समेत बोहराले बताइन् । कार्यक्रममा वडाका सबै मानिसहरूको बाक्लो उपस्थिति रहेको थियोे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *