देश एक बन्द कोठा

केशवराज भट्ट 
२० भदौ २०८० ८:५०
देश एक बन्द कोठा

साना, ठुला, मझौला
अनि थरिथरिका
आकारका भिन्न
निर्माण गरिन्छन् घरहरू
र बनाइन्छन् भाँती भाँतीका कोठाहरू
कुनै कोठाहरु सिंगारीन्छन्
दुलही सिंगारे झै ।
त कुनै कोठाहरु बेवारीसे छन्
बेवारीसे घर मालिकहरु झैं ।
अचेल
देश त्यस्तै बेवारीसे कोठा जस्तो भा को छ ।
अनि बेवारीसे मालिक झैं ।
कोठाहरु भित्र पनि बिभेद छ
कोठाभित्र पनि असमानता छ
कोठाभित्र पनि दुरी बढेको छ ।
किनकी,
कोठाभित्र गरीने निर्णयहरु घातक छन्
कोठाभित्र गरीने बहसहरु स्वार्थपूर्ण छन्
एक अर्काका बिरुद्घमा छन् ति निर्णयहरु
जलझेल र छलकपटपूर्ण छन् ति निर्णयहरु
र ति कोठाहरु
अचेल बन्द छन्
र बन्द गराइएका छन् ।
केवल
मुट्ठीभरका मानिसहरूका लागि
मान्छे मार्ने मान्छेहरूलाई जोगाउन लागि
बलात्कारीलाई उन्मुक्ति दिनका लागि
भ्रष्टाचारलाई मलजल गर्नका लागि
देश उँधो पु¥याउने सपना कोर्नका लागि
त्यसैले
देश अचेल बन्दकोठा जस्तै छ
र बन्द गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *