डोटी – डोटी जिल्लाको शिखर नगरपालिकामा रहेको हरिहर माविमा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । शिखर नगरपालिका ६ तल्कोटमा रहेको हरिहर माविमा बालबालिकाहरूमा खोपको उपयोग वृद्धिको लागि विद्यार्थीहरूको भुमिका विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको हो । युनिसेफको आर्थिक सहयोगमा (बास नेपाल ) बागेश्वरी असल शासन क्लब को आयोजनामा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक व्यवहार परिवर्तन कार्यक्रम मार्फत बुधबार हरिहर माविको हलमा कार्यक्रम गरिएको हो । बालबालिकाहरूले १५ महिना भित्र लगाउने खोपहरू,कोभिडको खोप,किशोरीहरूलाई आइरन चक्कि खानुपर्ने विषयमा शिखर ६ का स्वास्थ्यकर्मी ध्रुव बहादुर सिंहले कार्यक्रममा छलफल गरेका थिए । उनले विद्यार्थीहरूले कार्यक्रममा सिकेका कुराहरू आफ्नो घर समुदायमा पनि जनचेतना जोगाउनु पर्ने समेत सिंहले आग्रह गरेका थिए । बालविवाह सामाजिक संजाल मार्फत बढिरहेको कुरा विद्यार्थीहरूलाई शिखर नगरपालिका शिक्षा शाखाका प्रशासन सहायक रोजि सिंहले सहभागीलाई बताइन् । उनले बालविवाह घरपरिवारले नगर्ने गरेकोले आफूहरूले यस्ता गलत बाटो तिर नलाग्न समेत विद्यार्थीहरूलाई सिंहले जानकारी गराइन् । संस्थाले सुक्ष्म गतिमा समुदायमा पन्ध्र महिना सम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन,जन्मदर्ता नबनाएकाहरूको जन्मदर्ता बनाउने,कोभिडको खोप लगाउन छुटेकाहरूलाई खोप लगाउन,बालविवाह र समुदायमा विकृतिको रूपमा परिचालन गरिएका कुराहरू अथवा पहुँचमा नरहेकाहरूलाई पहुँचमा पुर्याउने उदेश्यले घर,टोलमा गएर समस्या पहिचान गरिरहेको बास नेपाल संस्थाका सामाजिक परिचालक सरिता कठायतले जानकारी गराइन् । उनले संस्थाले विद्यालय अभिमुखिकरण र सन्देश प्रभाह अभिलेख कार्यक्रम मार्फत हरिहर माविका ८० भन्दा बढी विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको बताइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं छ का वडा अध्यक्ष,विद्यालयका प्रअ,स्वास्थ्यकर्मी,शिक्षा शाखा प्रतिनिधि कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया