दिपायलमा कथा वाचन सिक्दै बालबालिका

राज पार्की
४ भदौ २०८० १४:३४
दिपायलमा कथा वाचन सिक्दै बालबालिका

(डोटी)– दिपायलमा बालबालिकाहरू कथा वाचन गर्ने सीप सिकिरहेका छन् । डोटीका विभिन्न ४ पालिकाबाट आएका २६ जना बालबालिका दिपायलको वर्षा होटेलमा भेला भएर कथा वाचन गर्ने सीप सिकिरहेका छन् ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालमा दर्ता भएका ती बालबालिकाहरूका लागि सामुदायिक विकास केन्द्रले सो अवसर जुराइदिएको हो । आइतबारबाट तालिममा सहभागी बालबालिकाहरूमा शब्द भण्डारको विकास गर्ने, पठन गतिको विकास गर्ने, सिकेको कुरा बुझ्ने, लेख्ने जस्ता सीपहरूको विकास हुने सामुदायिक विकास मञ्चका सिद्ध राज जोशीले जानकारी दिए । ‘कथा कसरी बनाउने, कसरी वाचन गरी अरूलाई सुनाउने र कसरी पढ्ने जस्ता सीप उहाँहरूमा विकास हुनेछ’, जोशीले भने, ‘उहाँहरूले आफूले सिकेको सीप गाउँमा फर्किएर अन्य बालबालिकालाई पनि सिकाउने छन् ।’

यो सीप उनीहरू ५ दिनसम्म दिपायलमा सिक्नेछन् । बालबालिकाहरूको शैक्षिक गुणस्तर विकास गर्नु यस तालिमको उद्देश्य रहेको बताइएको छ ।  समावेशी तथा गुणस्तरीय शिक्षा प्राविधिक कार्यक्रम अन्तरगत भइरहेको उक्त कार्यक्रम सामुदायिक विकास केन्द्र (सिडिसी) डोटी र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको छ । कार्यक्रममा दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकाका बालबालिकाको सहभागिता रहेको छ ।  तालिमको सहजीकरण यशु श्रेष्ठले गरिरहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *