तिखात्तरमा सरसफाइ अभियान चल्यो

पाँजलो न्युज
३० साउन २०८० १२:१२
तिखात्तरमा सरसफाइ अभियान चल्यो

डोटी– केआईसिंह गाउँपालिकाको वडा नं. २ स्थित लेकगडा बजार मङ्गलवार सरसफाइ गरिएको छ ।

तिखात्तर स्वास्थ्य चौकीको आयोजना तथा वडा नं. २ को वडा कार्यालयसँगको सहकार्यमा सरसफाइ गरिएको स्वास्थ्य चौकी इन्चार्ज गणेश आउँजीले जानकारी दिए । मच्छरको टोकाइबाट हुन सक्ने औलो, डेंगु , मलेरिया जस्ता रोगहरूको नियन्त्रणका लागि बजार क्षेत्रमा सरसफाइ अभियान चलाइएको इन्चार्ज आउँजीले बताए ।

वडा नं. २ को वडा कार्यालयदेखि बजारसम्म सम्पन्न सरसफाइ गर्न अभियानमा राजनीतिक दल, जनप्रतिनिधि, व्यापारी ,वडाका कर्मचारी, स्वास्थ्यकर्मी ,महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका लगायतको  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *