बडिकेदार बिजुली पुगेपछि स्थानीयमा खुसियाली

एकेन्द्र चन्द
३० साउन २०८० ६:४५
बडिकेदार  बिजुली  पुगेपछि स्थानीयमा खुसियाली

(डोटी) – जिल्लाको सबैभन्दा बिकट मानिने बडिकेदार गाउँपालिकामा विद्युत पुगेपछि स्थानीय खुसीयाली छाएको छ । लामो समयदेखि प्रतिक्षामा रहेका स्थानीय सोमबार नेपाली विद्युत प्राधिकरणले राष्ट्रिय प्रशारणको विद्युत जडान गरेपछि स्थानीयमा खुसीयाली छाएको हो । करिब ६ बर्ष अघि बिधुत बिस्तारको ठेक्का भए पनि विभिन्न कारणले बिधुत बिस्तार हुन सकेको थिएन ।

नेपाल विद्युत प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा बिधुत बिस्तार भएको हो । नेपाल विद्युत प्राधिकरण डोटीले ५२ लाख २४ हजारको लागतमा ११ दशमलव ४७ किलोमिटर विद्युत लाइन विस्तार गरिएको जनाएको छ ।
निर्माण कम्पनीलाई प्राधिकरणले १३ लाख ५१ हजार दिने सम्झौता भएको थियो। निर्माण कम्पनीले ६५ किलोमिटर वितरण लाइन विस्तारको काम गर्नेछ। नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाका प्रमुख जंगबहादुर चन्दले दुई वर्षभित्र सबै वडामा बिजुली विस्तार हुने बताए ।

बडीकेदार गाउँपालिकाका सबै वडामा बिजुली विस्तारका लागि साढे १२ करोडको ठेक्का सम्झौता गरेको छ। निर्माण कम्पनीले दुई वर्षभित्र सबै वडामा विद्युत विस्तार गर्ने योजना रहेको बताएको छ।

गाउँपालिकाको केन्द्र सम्म बिधुत बिस्तार भएपछि बर्षौ देखि झोरो, टुक्की र सोलारको उज्यालो बाल्न बाध्य भएका स्थानीय खुशी भएका छ्न । अहिले लाई गाउँपालिकाको केन्द्र सम्म बिधुत बिस्तार गरिने र गाउँपालिकाका अन्य वडाहरुमा पनि पोल हाल्ने र तार तान्ने काम भैरहेको हुँदा छिटै अन्य वडाहरुमा पनि बिधुत बिस्तार गरिने बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताए ।

पालिकामा बिधुत नहुदा स्थानी बर्षौ देखि अन्धकारमा बस्न बाध्य भएका स्थानीयले बत्ती बाल्न पाउने छ्न र कार्यालयहरुमा समेत काम गर्न सहज हुने बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेल ले बताइन । बडिकेदार गाउँपालिकामा नेपाल टेलिकमका टावर समेत सोलार बाट जडित छ्न घाम डुब्ने बितिकै फोनले काम गर्न छोड्थो भने सोलारकै भरमा कार्यलयका कामकाज गर्नु पर्ने बाध्यता हुँदा कामकाजमा समेत बाधा हुँदै आएको थियोे गाउँपालिकामा बिधुत बिस्तार भए सघै यी समस्याहरू बाट मुक्ती पाइन भए पछि स्थानीयमा खुशीयालि छायको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *