डोटीमा पनि मनायो अन्तर्राष्ट्रिय युवा दिवस

सरिता कठायत
२७ साउन २०८० १४:३८
डोटीमा पनि मनायो अन्तर्राष्ट्रिय युवा दिवस

सरिता कठायत

डोटी : डोटी जिल्लामा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । ” दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास” भन्ने मुल नाराका साथ जिल्लामा २४औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो । शनिबार जिल्ला युवा समितिको आयोजना, जिल्लामा रहेका गैरसरकारी संघसंस्थाहरूको सहकार्य र भैरब प्रसाद गण सिलगढीको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको थियोे । कार्यक्रम जिल्ला प्रशासन कार्यालय डोटीको गेटबाट र्यालि सहित इन्द्रचोकमा कोणसभा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण बहादुर सिंहले युवाहरूमा फैलिदै गएको लागूपदार्थ दुव्र्यसनी जस्ता विकृतिहरूलाइ अन्त्य गर्नका लागि स्थानीय सरकार संघ संस्थाहरूले लाग्नुपर्ने बताए । युवा भनेका देशका बलिया खम्बा हुन युवाहरू नै यसरी दुव्र्यसनी कार्यमा लागेपछि देशको हालत चिन्ताजनक रहेको सिंहले भने । कार्यक्रममा गैसस डोटीका सचिव भक्तराज उपाध्यायले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शुक्रबार रक्तदान गर्ने र युवाका लागि जिल्लामा काम गर्दै आएका संघसंस्थाहरूलाई प्रशंसापत्रले सम्मान गरिएको थियोे । त्यसैगरी वैभव कम्प्युटर एजुकेसन कम्प्युटर मार्फत २०२३ को उपलक्ष्यमा युवाहरूलाई कम्प्युटर क्षेत्रमा सिपको विकास गरी प्रोत्साहन गर्ने उदेश्यले कम्प्युटर टाइप रेसर प्रतियोगिता राखिएको वैभव कम्प्युटरका सञ्चालक विक्रम केसिले बताए । सो प्रतियोगितामा ५ विद्यालयका ५ जना विद्यार्थीहरूको सहभागी रहेका र प्रथम पवित्र आवासीय मावि विद्यालयका सिलगढीका छात्र आशुतोष श्रेष्ठ द्वितीय मोर्निङ लाइट बोर्डिङ सिलगढीका छात्र आयुष सिंह त्यसैगरी तृतीय पपमाविका छात्र अशोक कुवर भएका थिए । तिनै जना छात्रहरूलाई सो कार्यक्रममा प्रशंसा पत्र र पुरस्कार दिएको थियोे । कार्यक्रममा पवित्रा आवासीय विद्यालय र भागिरथी एकेडेमीका छात्रछात्राहरूले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आफ्ना भनाइ साथै मनोरञ्जन गरेका थिए । कार्यक्रम समापनमा बोल्दै जिल्ला युवा समितिका अध्यक्ष हेम केसीले युवाहरू पहिलेपहिले यस्ता कार्यक्रममा बढी भेला हुने गर्थे भने आजभोलि कम हुने गरेका छन् उनले भने । जिल्लामा स्थानीय  सरकार र जिल्लामा रहेका गैरसरकारी संघसंस्थाहरू सँग समन्वय गरेर आगामी दिनमा युवाका क्षेत्रमा काम गर्ने केसीले बताए । कार्यक्रम सञ्चालन नरेन्द्र विकले गरेका थिए । उक्त कार्यक्रममा जिल्ला समन्वयका प्रमुख वडा अध्यक्ष हरू ,गैरसरकारी संघसंस्था प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रमुख तथा प्रतिनिधि साथै बिद्यार्थीहरू सुरक्षाकर्मी र पत्रकारको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *