डोटी – डोटी सिलगढी स्थित डोटी बहुमुखी क्याम्पसका छात्राहरूलाई दिपायल सिलगढी नगर पालिकाका नगर उप प्रमुख कल्पना महर साउँदले सेनेटरी प्याड वितरण गरेकी छन् ।
क्याम्पसको छात्राबासमा बस्ने छात्राहरूलाई महिनावारी भएका बेला सहज होस् भनेर नगर उप प्रमुख साउँदले सेनेटरी प्याड वितरण गरेको बताइन् । छात्राहरूलाई सेनटरी प्याड किन्ने पैसाले शैक्षिक सामाग्रीहरू किन्न तथा पढाइमा सहजता ल्याउने उनले भनिन् । एक प्याकेट सेनेटरी प्याडको १ सय भन्दा बढी पर्ने गर्छ प्याड किन्ने पैसाले शैक्षिक सामाग्रीमा खर्च हुने हुँदा राम्रो हुने उनको भनाइ रहेको छ ।
सोमबार नेपाल विद्यार्थी संघ डोटीको पहलमा साउँदले छात्राबासमा पुगेर छात्राहरूलाई ४५० प्याकेट सेनेटरी प्याड दिएकी हुन् । डोटी बहुमुखी क्याम्पसको छात्राबासमा जम्मा ४८ जना छात्राहरू बस्ने गर्छन् ।
प्रतिक्रिया