डोटीमा भ्रष्ट्राचार विरुद्ध नागरिक हस्ताक्षर अभियान

गणेश मौनी
१३ साउन २०८० १:२९
डोटीमा भ्रष्ट्राचार विरुद्ध नागरिक हस्ताक्षर अभियान

 डोटी ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियन (क्रान्तिकारी) ले डोटीमा भ्रष्ट्राचार विरुद्ध बृहत नागरिक हस्ताक्षर अभियान चलाएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटीको गेट अगाडीबाट ‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ भन्ने मूल नाराका साथ अभियानको नेकपा (माओवादी केन्द्र) डोटीका जिल्ला संयोजक तथा बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले हस्ताक्षर गरेपछि अभियानको सुरुवात भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदम प्रति समर्थन जनाउँदै भ्रष्टाचार विरुद्ध बृहत नागरिक हस्ताक्षर अभियान संचालन गरिएको अनेरास्ववियू (क्रान्तिकारी) डोटीका अध्यक्ष प्रकाश जैशीले बताउनु भयो ।
वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमलाई उर्जा दिन आवश्यक भएकाले देशभर झैँ डोटीमा पनि सरकारको समर्थनमा अभियानको सुरुवात गरिएको समेत अध्यक्ष जैशीले बताए ।
अनेरास्ववियू (क्रान्तिकारी) डोटीले संचालन गरेको भ्रष्ट्राचार विरुद्ध नागरिक हस्ताक्षर अभियानमा विभिन्न दलका प्रमुख प्रतिनिधी, नागरिक समाज, सरोकारवाला निकायहरुले समेत हस्ताक्षर गरेका थिए । संकलन गरेको हस्ताक्षरलाई जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयमा पठाईने अध्यक्ष जोशीले बताउनु भयो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *