वरिष्ठ संगितकार शिशिर साधक सम्मानित

पाँजलो न्युज
१७ असार २०८० ६:५४
वरिष्ठ संगितकार शिशिर साधक सम्मानित

धनगढी। वरिष्ठ संगितकार तथा गायक सिसिर साधक सम्मानित भएका छन्। राष्ट्रिय नाचघर जमलमा भएको ‘रिबन इन्टरटेन्मेन्ट’ ले आयोजना गरेको राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान कार्यक्रममा साधक सम्मानित भएका हुन्। साधकले नदोस तिम्रो नदोस मेरो गीतबाट उत्कृष्ट सङ्गीतकारको अवार्ड पाएका हुन् ।

प्रथम उप राष्ट्रपति परमानन्द झाले उनलाई अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा गायिका देवीका वन्दना र नायक धिरेन शाक्यको उपस्थित थियो।

उनले हाल सम्म आइपुग्दा लगभग २ सयको हाराहारीको गीतमा संगीत भरिसकेका छन् भने धेरै गीत तथा भजनमा आवाज पनि दिइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *