डोटी ।डोटीमा सार्बजनिक स्थहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने भएको छ ।
मंगलबार डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ मा भएका ब्यवस्थालाई कार्यान्वयन गर्दै सार्बजनिक स्थलहरुमा गरिने प्रयोगलाई कडाईका साथ कार्यान्वय गरिने जनाएको छ ।
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ बमोजिम सार्बजनिक स्थहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने ब्यवस्था रहेको छ सोही अनुरुप डोटीमा कडाईका साथ लागु गरिनुका साथै कुनै पनि ब्यक्तिले सेवन गरेको अवस्थामा कानुन बमोजिम कारबाही गरिने प्रजिअ श्रेष्ठले बताउनु भयो ।
स्थानीय सरकारहरुले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनलाई कार्यान्वयन गर्न सोही अनुरुपका विभिन्न कार्यक्रमहरु तय गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताउनु भयो ।
बैठकले डोटीमा सार्बजनिक स्थहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने, होटल तथा रेस्टुरा लगाएतले अन्य ब्यक्तिलाई प्रतिकुल असर नपर्ने धुम्रपान तथा सुर्ति सेवन गर्न निश्चीत स्थानको ब्यवस्था गर्नुपर्ने, डोटी जिल्ला भित्र रहेका सुर्तिजन्य पदार्थ सम्बन्धी बिज्ञापन होर्डीङबोर्डहरु स्थानीय सरकारले सरोकारवाला निकायहरुसंग समन्वय गरि हटाउनुपर्ने लगाएका निर्णयहरु गरिएको प्रजिअ श्रेष्ठले बताउनु भयो ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख, स्थानीयतहका प्रमुख प्रतिनिधी, सुरक्षा निकाए, सरोकारवाला, पत्रकार लगाएतको सहभागिता रहेको थियो । बैठकका स्वास्थ्य कार्यालय डोटीले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी कानुनी ब्यवस्थाका बारेमा प्रस्तुतीकरण समेत गरेका थिए ।
प्रतिक्रिया