उच्च अदालत दिपायलको भवन सिलान्यास

गणेश मौनी
१९ जेठ २०८० १२:३२
उच्च अदालत दिपायलको भवन सिलान्यास

डोटी ।उच्च अदालत दिपायलको भवनको सिलान्यास गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुरमा बिहीबार एक कार्यक्रमका बिच सर्वोच्च अदालतका वरिष्टतम माननीय न्यायधीस विश्वम्भर प्रसाद श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै माननीय न्यायधीस श्रेष्ठले दिपायलमा सुबिधा सम्पन्न भौतिक संरचना निमार्ण हुदाँ न्याय सेवा सम्पादन र सेवा प्रवाहमा सहजताहुने बताउनु भयो । भवन निमार्ण कार्यलाई गुणस्तरीय, समयमै सम्पन्न गर्नुपर्ने कुरामा समेत जोड दिएका थिए ।
साबीकको क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायलमा प्रदेशको राजधानी कैलालीमा सरेको अवस्थामा उच्च अदातको भवन निमार्ण कार्यले न्यायीक राजधानीको रुपमा स्थापीत हुनुका साथै पुःन राजधानी फर्किन सक्ने आशा पलाएको स्थानिय शिद्धराज श्रेष्ठले बताउनु भयो ।
भ्याट सहित ५९ करोडको लागतमा निमार्ण भईरहेको भवन तेज सुबेदी जेभिले निमार्ण गरिरहेको उच्च अदालत दिपायलले जनाएको छ । देश भरका उच्च अदालत मध्य सबै भन्दा ठुलो भवन निमार्ण भईरहेको यो पहीलो भवन हो । भवनको सिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख, प्रमुख जिल्ला अधिकारी , स्थानीय तहका प्रमुख प्रतिनिधी, स्थानीयबासी लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *