यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

पाँजलो न्युज
१९ जेठ २०८० १२:११
यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

डोटी ।डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ मा रहेको केदारअखडा प्राथमीक स्वास्थ्य केन्द्रले किसोर किसोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा अभिमुखिकरण गरेको छ ।
किसोर किसोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी दिई आफ्नो दैनिक जिवनमा अनुशरण गर्नुका साथै आफ्ना साथी संगी र घरपरिवारलाई जानकारी गराउन भन्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको केदारअखडा प्राथमीक स्वास्थ्य केन्द्रकी सिनीयर अहेब प्रतिक्षा बमले बताईन् ।
अभिमुखिकरण कार्यक्रममा चार वटा बिद्यालयका किसोर किसोरीहरुको सहभागिता रहेको समेत सिनीयर अहेब बमले बताईन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *