डोटी ।जिल्लामा गरेका असल अभ्यासको आदान प्रदान गर्दै अन्तरजिल्ला स्तरीय सुरक्षा तथा समन्वय बैठक डोटी जिल्लाको सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र पुन्नामा शनिबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा सम्पन्न समन्वय बैठमा जिल्लाले गरेका असल अभ्यासको आदान प्रदान गर्नुका साथै सबै जिल्लाका साझा सवालहरुको बारेमा ब्यापक छलफल गरी बैठक सम्पन्न भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।
बैठकमा सबै जिल्लाको साझा सवाल राजमार्ग सञ्चालन, अन्तरजिल्ला स्तरीय शान्ति सुरक्षा ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन, विपत ब्यवस्थापन, अबैध हातहतियार तथा लागूऔषध नियन्त्रण, बन पैदावार तथा चोरी शिकारी नियन्त्रण, अन्तर जिल्लामा एक आपसमा समन्वय, सहकार्य र सहजिकरणको बारेमा छलफल गरिएको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
समन्वय बैठकमा सुदूरपश्चिमका डोटी,अछाम,डडेलधुरा, बैतडी र कैलाली प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया