खप्तड घाेडा दौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम

पाँजलो न्युज
१५ जेठ २०८० १६:३४
खप्तड घाेडा दौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम

डोटी । साेमबार खप्तडमा  आयोजीत  घोडा दौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छ्न् । भूस्वर्ग खप्तडकाे त्रिवेणीमा लाग्ने गंगा दशहरा मेलाकाे पूर्व सन्ध्यामा घाेडा दाैड प्रतियाोगीता आयोजना गरिएकाे थियाे ।

सुदुर पश्चिम खेलकुद परिषद कैलाली र उद्योग बाणिज्य संघ डोटीको संयुक्त आयोजना र नेपाली सेनाको व्यवस्थापनमा संचालन भएको उक्त प्रतियोगितामा बझाङका पदमराज पाध्य द्वितीय भएका छन्  भने बझाङकै जिवन शाही तृतीय भएका छन् ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू ३० हजार, द्वितीय पुरस्कार रू २० हजार र  तृतीय पुरस्कार रू १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । प्रतियोगितामा १२ जना प्रतियोगी रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *