धनगढीः बैतडीमा पासोमा फसेको चितुवा पासो चुँडालेर भागेको छ।
जिल्लाको सिगास गाउँपालिका–९ भौतीमा किसानहरुले आलुबारीमा दुम्सीका लागि थापेको पासोमा शनिबार चितुवा परेको हो। चितुवाको एक खुट्टा मात्रै पासोमा परेको र पासो चुँडालेर भागेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलिप यादवले बताए। चितुवा पासोमा फसेको जानकारी पाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत टोली बैतडीका लागि हिँडेको थियो।
पासोमा फसेको चितुवा भागेपछि राष्ट्रिय निकुञ्जको टोली बाटोबाटै फर्किएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादवले बताए। उनले भने ‘पासोमा फसेको चितुवा भागेको छ। त्यसपछि निकुञ्जको टोली बाटोबाटै फर्किएको छ।
प्रतिक्रिया