डोटीका एक पुरुष कञ्चनपुर बाट बेपत्ता

पाँजलो न्युज
१४ वैशाख २०८० १३:४२
डोटीका एक पुरुष कञ्चनपुर बाट बेपत्ता

दिपायल डोटीको आदर्श गाउँपालिका – २ का ३८ बर्षीय भोजराज ओझा बेपत्ता भएका छन । हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ मौरीफाटामा बस्दै आएका ओझा बुधबार देखि बेपत्ता भएका हुन ।

बिहान ५ बजे अत्तरिया बजारबाट फलफुल लिएर आउन्छु भनेर घरबाट निस्किएका उनी हाल सम्म पनि फेला नपरेको उनका भाई दिपक राज ओझले बताएका छन ।

उनले दिउँसो सम्म पनि घर नफर्किएपछि खोजिका लागि प्रहरीमा पनि खबर गरेको बताए । उनको मोबाइल पनि स्वच अफ रहेको उनले बताए ।

उनले कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८६२४९१६४८ मा खबर गरिदिन आग्रह गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *