डोटी तेक्वान्दो संघको अध्यक्षमा कठायत चयन

गणेश मौनी
९ वैशाख २०८० १४:१५
डोटी तेक्वान्दो संघको अध्यक्षमा कठायत चयन

डोटी । जिल्ला तेक्वान्दो संघ डोटीको अध्यक्षमा अनिलकुमार कठायत चयन भएका छन् ।
शनिबार डोटीमा भएको भेलाले कठायतको अध्यक्षता सात सदस्यीय जिल्ला कार्य समिति चयन गरेकोे हो ।
समितिको उपाध्यक्षमा दिपेन्द्र खड्का, सचिबमा खडक सिह ऐर र कोषाध्यक्षमा खगेन्द्र रोकाया चयन भएका छन् । त्यस्तै सदस्यमा नबराज बिक, शंकर कठायत र दलबहादुर रावल चयन भएका हुन ।
निवर्तमान् अध्यक्ष रोशन कठायतको अध्यक्षता भएको भेलामा सुदूरपश्चिम प्रदेस तेक्वान्दो संघका सचिब श्रीराम चौधरी, डोटी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रकाश बहादुर शाही, एपिएफ तेक्वान्दो कोच मोतिलाल लामा, सुप प्रदेश खेलकुद परिषदका सदस्य चित्र भट्ट, दिपायल राजपुर डोजाङ्गका कोच खड्क सिह लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *