डोटीमा तरुण दलले सुरु गर्‍यो संगठन सुदृढीकरण अभियान

पाजलो न्युज संबाददाता
५ वैशाख २०८० ०:१७
डोटीमा तरुण दलले सुरु गर्‍यो संगठन सुदृढीकरण अभियान

डोटी- नेपाल तरुण दल डोटीले संगठन बिस्तार तथा सुदृढीकरणको अभियानलाई तिब्रता दिएको छ ।
वडा स्तरमा रहेका वडा कमिटीको अवस्था, भातृ संगठनको अवस्था, टोलको अवस्थाको बारेमा जानकारी लिनका साथै स्थानीय सरकारसंगको समन्वयलाई बढाउन अभियानलाई अभियान तय गरेको नेपाल तरण दल जिल्ला कार्य समिति सदस्य रोशन कोलीले बताए ।
पार्टीको संगठन सुधार गरी स्थानीय सरकारलाई बलियो बनाउन आगामी दिनको लागि सुझाब संकलन कार्यलाई समेत जोड दिइएको सदस्य कोलीले बताए ।
अभियान अन्तर्गत आज बोगटान फुड्सिल गाउँपालिकामा भेटघाट तथा नयाँ बर्षको शुभकामना आदान प्रदान गरेको छ भने भोली बडीकेदार गाउँपालिकामा कार्यक्रमको आयोजना हुने तरुण दल डोटीले जनाएको छ । अभियानलाई जिल्लाका सबै पालिकामा संचालन गरिने तरुण दल डोटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *