के.आई.सिंह गापाको सबैभन्दा न्यून बेरुजु

डाेटीका ९ पालिकामध्य प्रथम तथा सुदूरपश्चिमका ८८ पालिकाहरूमध्य ७ औं स्थानमा रहन सफल

पाँजलो न्युज
१ वैशाख २०८० ९:२८
के.आई.सिंह गापाको सबैभन्दा न्यून बेरुजु

डोटी– आर्थिक वर्ष ०७८।०७९ मा के.आई.सिंह गाउँपालिका सबैभन्दा न्यून बेरुजु ल्याउने पालिकाहरूका सूचीको अग्रपंत्तिमा देखिएको छ । महालेखा परीक्षकले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा डोटीका ९ पालिकामध्ये के.आई.सिंह गाउँपालिका पहिलो स्थानमा रहेको छ । गाउँपालिकाको बेरुजु १ दशमलव ३९ प्रतिशत (एक करोड ४० लाख) प्रतिवेदनमा औँल्याइएको छ । के.आई.सिंह गाउँपालिका गत बर्ष कार्यसम्पादन मुल्यांकनमा पनि जिल्लामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको थियो ।

बेरुजु कम ल्याउने सुदूरपश्चिमका उत्कृष्ट १० पालिकाहरुमध्य के.आइ.सिंह गाउँपालिका ७ औँ स्थानमा रहेको छ । सुदूरपश्चिमका ८८ पालिकामध्ये २ प्रतिशतभन्दा कम बेरुजु ल्याउने १४ पालिका रहेका छन् । जसमध्ये डोटीको के.आइ.सिंह गाउँपालिका र बडीकेदार गाउँपालिकामात्र पर्न सफल भएका छन् । सुदूरपश्चिममा सबैभन्दा कम अछामको बान्नीगढी जयगढ गाउँपालिका रहेको छ । जसको बेरुजु प्रतिशत शून्य दशमलव ९४ प्रतिशत (८८ लाख ) मात्र रहेको छ ।

के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बेरुजु कम ल्याउने उत्कृष्ट पालिकाको सूचीमा ल्याइपु¥याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा के.आई.सिंहवासीप्रति धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा बेरुजु रकम शून्यमा झार्न आफूले सक्दो पहल गर्ने अध्यक्ष शाहीले बताए ।

कम बेरुजु रकम ल्याउनेमा बडीकेदार गाउँपालिका दोस्रो स्थानमा छ । १.६२ प्रतिशत बेरुजु देखिएको बडीकेदार गाउँपालिकाको आर्थिक वर्ष ०७८।०७९ मा एक करोड ४२ लाख ८८ हजार रकम बेरुजु देखिएको छ ।२.४४ प्रतिशत बेरुजु रकम देखिएको दिपायल सिलगढी नगरपालिकामा ३ करोड ३० लाख ९१ हजार बेरुजु छ । डोटीका पालिकाहरुमध्य दिपायल सिलगढी नगरपालिका तेस्रो स्थानमा छ । आदर्श गाउँपालिकाको २.६१, पूर्वी चौकी गाउँपालिकाको २.६३, सायल गाउँपालिकाको ४.५५, बोगटान फुडशील गाउँपालिकाको ५.३४, शिखर नगरपालिकाको ६.९२ तथा जोरायल गाउँपालिकाको ६.९७ प्रतिशत बेरुजु महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *