डोटी । डोटीको शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिका अन्तरगत रहेका बालक्बलका पदाधीकारीहरुलाई बाल अधिकार सम्बन्धी तालिम दिईएको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधीक सहयोग र सामुदायीक बिकास केन्द्र डोटीको आयोजनामा शिखर नगरपालिका वडा नम्बर ५, ६ र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का बालक्लबका पदाधीकारीहरुका लागि तालिम संचालन गरिएको थियो ।
सबै वडाहरुमा दुई दुई दिन संचालन गरेको तालिममा बालबालिकाहरुलाई बाल अधिकार, बाल अधिकारको पृष्ठभूमि, बाल अधिकार सम्बन्धी महासन्धी,बाल अधिकारका पक्षहरु, बालबिबाह हुनुका कारण र बालबिबाह न्यूनिकरण गर्न बालक्लबले गर्न सक्ने क्रियाकलापहरुको बारेमा छलफल गरिएको गुड नेवर्स ईन्टरनेशनल नेपालका बाल प्रायोजन सेवा तथा बाल संरक्षण सहायक छत्र बहादुर बडैलाले बताएका छन् ।
तिन वटै स्थानमा छुट्टा छुट्टै रुपमा संचालन भएको तालिमको जनप्रतिनिधीहरुले समापन गरेका थिए ।
तालिममा तिनै स्थानमा गरि ६१ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण सामुदायीक बिकास केन्द्र डोटीका शिक्षा तथा संरक्षक अधिकृत एकराज बडुले र गुड नेवर्स ईन्टरनेशनल नेपालका बाल प्रायोजन सेवा तथा बाल संरक्षण सहायक छत्र बहादुर बडैलाले गरेका थिए ।
प्रतिक्रिया