वडाकै वजेटबाट ल्याब सेवा सुरु

वडाले ल्याव संगै यथाशिघ्र एम्बुलेन्स संचालनमा ल्याउँदै

पाँजलो न्युज
२५ चैत २०७९ १३:०३
वडाकै वजेटबाट ल्याब सेवा सुरु
शनिवार ल्याव सेवाकाे उदघाटन कार्यक्रम ।

दिपायल– शिखर नगरपालिका वडा नं. १ कपल्लेकीमा शनिवार ल्याब सेवाको उद्घाटन गरिएको छ ।

वडाको लगानीमा स्थापना गरिएको ल्याब सेवाको जिल्ला समन्वय संयोजक लक्ष्मण बहादुर सिंहले औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । वडाध्यक्ष दीपक बहादुर बोगटीका अनुसार वडाको बजेटबाट ५ लाख रुपैयाँ बराबरको ल्याब सामाग्रीहरू, ३ लाख बराबरको ल्याब भवन मर्मत गरिएको छ भने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट उपकरण, स्वास्थ्य कार्यालय डोटीबाट ल्याबसँग सम्बन्धित अन्य सामाग्रीहरू उपलब्ध भएको जानकारी दिए ।

यसरी वडाकै लगानीबाट ल्याब सेवा सुरु गरिएको डोटीमा सम्भवतः पहिलो वडा हो ।

वडाध्यक्ष बोगटीले वडावासीको स्वास्थ्य र शिक्षामा जोड दिन ठोस योजना निर्माण भइरहेको बताउँदै ल्याबको सञ्चालन खर्च वडाकै बजेटबाट व्यहोरिने बताए ।

उनले ल्याब टेक्निसियनको समेत वडाले नियुक्ति दिइसकेको जानकारी गराए । उनले यथाशीघ्र भागेश्वर ग्रुपको सहयोगमा वडामा एम्बुलेन्स सेवा सुचारु हुने वडाध्यक्ष बोगटीले प्रतिबद्धता व्यक्त गरे । कफल्लेकी पुर्ख्यौली घर भएका शङ्कर बोगटी अध्यक्ष रहेको भागेश्वर ग्रुपबाट एम्बुलेन्स उपलब्ध गराउने निर्णय भइसकेको छ ।

ल्याब सेवाको उद्घाटन गर्दै प्रमुख अतिथि लक्ष्मण सिंहले ल्याब सेवाबाट स्थानीयको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रमा स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण नेगीले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *