न्यून मात्रामा अखाद्य बस्तु फेला

सिलगढीमा सचेत हुँदै उपभाेत्ता र व्यापारी

धन बहादुर बाेहरा
२५ चैत २०७९ ११:२६
न्यून मात्रामा अखाद्य बस्तु फेला
सिलगढी बजार अनुगमन गर्दै नगर उप प्रमुख सहितकाे टाेली । तस्विर ः धन बहादुर बाेहरा ।

डोटी– दिपायल सिलगढी नगरपालिकाले शनिवार गरेको बजार अनुगमनमा न्यून मात्रामा अखाद्य बस्तु फेला पारेको छ ।

उपप्रमुख कलावती महर साउँदको नेतृत्वमा नगरपालिकाको वडा न ६ सिलगढी बजारमा अनुगमन गरिएको थियो ।  किराना पसल तथा होटेलहरूमा दैनिक उपभोग्य सामाग्री,  प्याकेजिङका समान  र ढक तराजुको अनुगमन गरिएको उप प्रमुख महरले जानकारी दिइन् ।

सिलगढी बजार अनुगमन गर्दै अनुगमन टाेली । तस्विर ः धन बहादुर बाेहरा ।

अनुगमनबाट ८ हजार ६ सय ७५ रुपैयाँ बराबरको   अखाद्य सामान बरामद गरिएको थियो । ती सबै सामाग्रीहरू शनिवार नै नष्ट गरिएको थियो । पछिल्लो समयमा नियमित अनुगमन तथा निगरानीका कारण उपभोक्ता तथा व्यापारीहरू सचेत भइसकेकाले न्यून मात्रामा म्याद गुज्रेका समान भेटिएको नगर उपप्रमुख कल्पना महर साउदले बताइन् । उनले नगरभित्र अनुगमनलाई नियमित गरिने बताइन् ।

अनुगमनबाट फे्ला परेकाे अखाध वस्तु नष्ट गर्नेक्रममा । तस्विर ः धन बहादुर बाेहरा ।

अनुगमनमा नगर उपप्रमुख नगरपालिकाका कर्मचारी जिल्ला प्रशासन कार्यालयका कर्मचारी  पत्रकार महासङ्घ,   उद्योग वाणिज्य संघका प्रतिनिधि , घरेलु कार्यालयका कर्मचारी,  खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयका कर्मचारी  लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *