किशोर किशोरीहरुका लागि मनोसामाजिक परामर्श तालिम शुरु

गणेश मौनी
१३ चैत २०७९ १३:५८
किशोर किशोरीहरुका लागि मनोसामाजिक परामर्श तालिम शुरु

डोटी ।किशोर किशोरी तथा बालक्लबका प्रतिनिधिहरुका लागि दुई दिने मनोसामाजिक परामर्श तालिम साफेबगरमा सुरु भएको छ ।
सामुदायीक बिकास केन्द्र डोटी र लुथरन वल्र्ड रिलिफ नेपालको साझेदारी तथा साफेबगरनगरपालिकाको सहकार्यमा संचालित सुदूरपश्चिम प्रदेशका भुकम्प प्रभावित समुदायका लागि राहात सामाग्री बितरण परियोजना अन्तरगत दुई दिने तालिम सुरु भएको हो ।
आज र भोली संचालन हुने तालिममा भूकम्प बाट प्रभावीत भएका घरपरिवारका बालबालिकाहरुलाई मनोसामाजिक परामर्शका माध्ययम बाट डर त्रास भयमुक्त बनाउन, बालबालिकाहरुलाई यथास्थीतीमा ल्याउन विभिन्न उपायहरुको बारेमा जानकारी गराईने सामुदायीक बिकास केन्द्र डोटीका फिल्ड अधिकृत जित बिकले बताएका छन् ।
तालिममा साफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका अन्तरगत पाचँ वटा सामुदायीक बिद्यालयका ३० जना किशोर किशोरीहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण मनोसामाजिक परामर्श सहजकर्ता कृष्ण प्रसाद जैसी र भप्रेम्द्र बोहराले गरेका छन् भने तालिम साफेबगर नगरपालिकाको सभाहलमा संचालन भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *