सुदूरपश्चिम गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्षमा लोकेन्द्र शाहि

पाँजलो न्युज
९ चैत २०७९ ७:५५
सुदूरपश्चिम गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्षमा लोकेन्द्र शाहि

दिपायल~गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कैलालीको बर्दगोरियामा सम्पन्न भएको अधिवेशनले गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष , सहित ५ जना सदस्य नेपाली काङ्ग्रेसको भाग परेपछि के आई सिंह गाउँपालिका डोटीका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन । उपाध्यक्षमा खप्तड छान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकाया निर्वाचित भएका छन् । नृप खडका, भगवती चौधरी, विष्णु देवी नाथ, जगत सिंह ठगुन्ना र मञ्जु महरा सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्ष भाग परेको नेकपा माओवादी केन्द्रका मार्मा गाउँपालिका अध्यक्ष जमान सिंह धामी निर्वाचित भएका छन् ।माओवादी केन्द्रले कोषाध्यक्ष सहित २ सदस्य पाएको थियो । सदस्यहरूमा वसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका हुन ।यसै गरि नागरिक उन्मुक्ति बाट जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया सदस्यमा निर्वाचित भएकी हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *