बाजुराको बुढीनन्दा क्यामपसमा निर्वाचन प्रक्रिया सुचारु गर्न माग

पाँजलो न्युज
७ चैत २०७९ ६:५९
बाजुराको बुढीनन्दा क्यामपसमा निर्वाचन प्रक्रिया सुचारु गर्न माग

बाजुरा- बाजुराको बुढीनन्दा क्याम्पसमा निर्वाचन प्रक्रिया सुचारू गर्न तीन दलका भातृ संगठनले माग गरेका छन् । चैत्र ५ गते बाजुराको बुढीनन्दा नगरपालिका २ मा रहेको बुढीनन्दा क्याम्पस कोल्टीमा स्ववियु निर्वाचनका क्रममा विद्यार्थीहरुबीच झडप भएपछि स्थगित गरीएको निर्वाचन प्रक्रिया सुचारू गर्न माग गरिएको हो।

नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा माओदावि केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एकिकृत समाजवादि निकट अनेराश्ववियूले संयुक्त विज्ञप्ती जारी गर्दै स्थगित भएको निर्वाचन तत्काल सुचारु गर्न माग गरेका हुन्। संयुक्त गठवन्धनले देशैभरी स्ववियु निर्वाचन सम्पन्न गर्ने गरी घोषणा गरीएका क्याम्पसहरु मध्य बुढीनन्दा क्याम्पस कोल्टीमा विद्यार्थीहरुले आफ्नो स्वविवेक प्रयोग गरी निर्वाचन भईरहेको समयमा झडप नेकपा एमाले निकट अनेराश्ववियु सर्मथकले निर्वाचन विथोल्ने प्रयास गरेको बताएको छ।
तीन दलिय गठबन्धनले संयुक्त विज्ञप्ती जारी गर्दै स्ववियु निर्वाचनलाई अबिलम्व सुचारु गर्न क्याम्पस प्रशासन र निर्वाचन मण्डललाई जोडदार माग गरेको छ । तमाम विद्यार्थीहरुको संघर्षबाट स्थापति स्ववियु निर्वाचनलाई मर्यादित, व्यवस्थित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन जिल्लाका सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ। स्थगित गरिएको निर्वाचन पुन सञ्चालन नभएको खण्डमा थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *