डाेटी । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ डोटीका श्यामराज ओझा सभापति विजयी भएका छन्। आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ओझाले ३ सय ३१ मतकाे अग्रता ल्याउदै विजयी भएका हुन । उनले ९६२ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत ल्याएका थिए । ओझा डाेटीकाे के.आइ.सिंह गाउँपालिका वडा नं. ३ बासुदेवी निवासी हुन्र । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमामा पहिलाेपटक डाेटीका विधार्थीले इतिहास काेरेकाे भन्दै उनलाइ विभिन्न माध्यमबाट बधाइ दिनेकाे ओइराे लागेकाे छ ।
१३ वटा विद्युतीय मेशिनबाट सम्पन्न मतदानमा मतदाता संख्या ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो।
ओझा र विष्टसहित क्रान्तिकारीबाट मदन केसी मैदानमा थिए। त्यस्तै नेविसंघबाट विद्रोह गरेर विष्णु बडैला, मिलन बस्नेत, दीपक जोशी स्वतन्त्र उठेका थिए। तर उनीहरुले अन्तिम समयमा ओझालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरेका थिए।
त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा डोटीका श्यामराज ओझा निर्वाचित

प्रतिक्रिया