डोटी बहुमुखि क्याम्पसको स्ववियू निर्वाचन स्थगित

पाँजलो न्युज
५ चैत २०७९ ११:३९
डोटी बहुमुखि क्याम्पसको स्ववियू निर्वाचन स्थगित

दिपायल – डोटी बहुमुखि क्याम्पसमा भइरहेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । बिद्यार्थी संगठनहरु बिच बिबाद उठ्दा नेकपा विप्लव निकट अनेरास्ववियू (क्रान्तिकारी) का बिद्यार्थीहरुले क्याम्पसमा तोडफोड र मतपेटिकामा आक्रमण गरेपछि निर्वाचन स्थगित भएको हो । मतदाताको परिचयपत्र सम्बन्धी सामान्य बिबादका क्रममा क्याम्पसमा तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको विज्ञप्ति प्रकाशन गरेको थियो ।
निर्वाचन समितिले ७५ प्रतिशत मतदान सम्पन्न भइसकेपछि निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ । डोटी बहुमुखी क्याम्पसमा ८ सय ९ मतदाता रहेका छन् । स्ववियू निर्वाचनका लागि ३ वटा प्यानलले उम्मेदवारी दिएका छन् । जसमा नेविसंघ एक्लै निर्वाचनमा होमिएको छ भने एमाले र माओवादी निकट बिद्यार्थी संगठनको एउटा तथा नेकपा बिप्लव र राष्ट्रिय जनमोर्चा निकट बिद्यार्थी संगठनको अर्को संयुक्त प्यानल रहेको छ ।
निर्वाचन स्थगित गरेपछि नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ भने डोटी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको अवस्थामा मतदान केन्द्रमा प्रवेश गरेर मतपेटिका लगायतका निर्वाचन सामग्रीहरु तोडफोड गर्नेलाई कार्वाही गरी मतदान पुनः सुचारु गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *