डोटी खप्तड आदर्श क्याम्पसमा अनेरास्वबियूको प्यानल निर्वाचित

पाँजलो न्युज
५ चैत २०७९ ११:३७

डाेटी – खप्तड आदर्श क्याम्पस डोटीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियन (अनेरास्वबियू)को प्यानल निर्वाचित भएको छ । २९ मत खसेको उक्त क्याम्पसमा २१ मत अनेरास्वबियूको प्यानलले प्राप्त गरेको छ भने नेपाल बिद्यार्थि संघको प्यानलले ७ मत प्राप्त गरेको छ ।
नेपाल बिद्यार्थि संघका अध्यक्ष पदका उम्मेदवार गणेशराज ओझाको प्यानललाई पछि पार्दै अनेरास्वबियूका श्याम बिक सचिब पदम पछेरा, कोषाअध्यक्ष हेमा बोहरा सहित सम्पूर्ण प्यानल बिजयी भएको हो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको क्याम्पस प्रमुख मोहन रौतेडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *