बलात्कारी त मुद्दा  जितेर उपल्लो तहसम्म पुगिसक्यो,,मैले त उसको हात थामेकै कारण वदनामी हुनुपर्छ

सरिता कठायत
२७ फागुन २०७९ ६:४२
बलात्कारी त मुद्दा  जितेर उपल्लो तहसम्म पुगिसक्यो,,मैले त उसको हात थामेकै कारण वदनामी हुनुपर्छ

सुदूरपश्चिम जिल्लाको बझाङमा जन्म घर भएकी रोजी सिंह साहित्य लेखनमा असाध्यै रूचाउँछन् । उनले सानै उमेर देखि साहित्यक कुराहरूमा जोड दिदै आएको बताउँछन् । हाल तीन वर्ष यता रोजी डोटीको शिखर नगरपालिकाको शिक्षा शाखामा प्राविधिक सहायक भएर काम गर्दै आएकी छन् । उनले गजलमा कहिले देश प्रति कहिले हत्या,हिंसा बलात्कार सम्बन्धि त कहिले माया प्रेम सम्बन्धि पनि गजल लेख्दै आइरहेकी छन्

 

रोजी सिंह का गजल✍️✍️



फूल गोडेकै नाताले उसलाई माली भन्नुपर्छ
फूल बेचेर पैसा लिनेलाई पो व्यापारी भन्नुपर्छ

पागल हुँ म जहाँ जहिल्यै जे पनि बोल्न सक्छु
वस ,मान्य हुन दुईचार चर्को ताली बज्नुपर्छ

सानो तिनो छालको त कुनै वास्ता हुदैन
मुर्खलाई डराउन त सुनामी आउनुपर्छ

उसको त विवेकै छैन राम्रो नराम्रो के छुट्याउथ्यो
जिम्मा लाउनु छ भने दुईचार  जनाले दामी भन्नुपर्छ

बलात्कारी त मुद्दा  जितेर उपल्लो तहसम्म पुगिसक्यो
मैले त उसको हात थामेकै कारण वदनामी हुनुपर्छ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *